मङपू रन्जुभेल्ली निवासी सिन्कोना बगान श्रमिक बिनोद रसालीको घर शुक्रबार राती २ बजे जलेर खरानी बन्न पुगकेको छ | बिहान लगभग २ बजे तिर सर्टसर्किटको कारण अचानक आगलागी भएको कारण भान्सा कोठा संगै ठुलो घर पनि जलेर खारानी बनेको घर मालिक बिनोद रसाईली जनाएको छ | सुतिरहेको समय बिनोद रसाइलीले अचनाक घर जलेको देखेपछि सपरिवारलाई हतार हतार उठाएर भागदौड गरि आफु लगायत ५ जना परिवार बाबा डम्बरसिंह रसाइली,आमा मिना कुमारी रसाइली,पत्नी सुनीता रसाइली छोराहारु आशिष रसाइली अनि अर्नवलाई बचाउन सक्षम बनेको छ | उक्त दुखद घटनामा ६ जनाको परिवारले ज्यान बचाउन सक्षम बने पनि घरबाट केहि पनि निकाल्न नसकिएको बिनोद रसाईलीले पत्रकारहरुलाई बताए | यस दुखद घटनाको जानकारी पाउन साथ लाब्दा ग्राम पन्चायत कर्मचारीवर्ग घट्न स्थल पुगी पीडित परिवारलाई कम्बल अनि तिर्पल प्रधान गरेका छन | यस्तै गरि अग्नि पीडित परिवारले प्राथमिकी दर्ता गरेपछि मङपू पुलिस घटना स्थलमा पुगी मामिलाको जाच शुरु गरेको छ भने सर्ट सर्किटको कारणले नै आगलागी हुन सक्ने प्राथमिकता जाच अवधी अनुमान गरेको पुलिसले जनाएको छ | यसरी दुखको समयमा अग्नीपीडित परिवारलाई साथ् दिन शनिबार मोर्चा केन्द्रीय कमिटि सदश्य मिरेन लामा,मोर्चा मङपू लाब्दा समष्टि सभापति एडवार्ड लेप्चा सचिव गगन राई ,नारी मोर्चा सचिवा बसुन्धरा रावत लगायत पार्टीका अन्य कार्यकर्ता पिडित परिवारको घरमा पुगी २५ हजार रुपियाँ दिएको जानकारी पीडित बिनोद रसाईलीले दर्पणलाई बताएको छ | यसरी नै मङपू सिन्कोना बगान व्यवस्थापक गोपाल लामिछाने घट्न स्थलमा पुगी पीडित परिवारलाई राशन पानी,भाडावर्तन तोशोक, सिरानी कम्बल आदि दिएर सहयोग गरिएको थाहा लागेको छ भने स्थानीय समाजसेवी कमल पाण्डे अनि स्थानीय पत्रकारहरुले पनि पीडित परिवारलाई सहयोग पुराएको परिवार सुत्रले जनाएको छ ||
मङपू रन्जु भेल्लीमा घर जलेर खरानी
01Dec2018
Post a Comment