Gorkha Janmukti Morcha founder president Bimal Gurung

बिरेन भुजेलको कोठा कुड्कीपछि बिमलले भने राज्य सरकारले दार्जीलिङलाई आगोको भुप्रो बनाउने प्रयास गर्दैछ

‘राज्य सरकारले दार्जीलिङलाई आगोको भुप्रो बनाउने प्रयास गर्दैछ’ भनि भूमिगत नेता विमल गुरुङले प्रेस विज्ञप्ती जारी गरेर भनेका छन्। उनले सहिद बरूण भुजेलका भाइ बिरेन भुजेलको घरको कोठा पुलिसले कुड्की गरेपछि प्रतिक्रिया व्यक्त गर्दै यसो भनेका हुन्।


‘सहिद बरुण भुजेलको घर समेत कुड्की गर्‍यो। मानवताको हत्या भयो, अन्याय र अत्याचारले सीमा नाघ्यो’ भूमिगत नेता विमल गुरुङले अझ भनेका छन –‘ कोर्टको आदेशको आडमा कानुनलाई कुल्चिएर जुन प्रकारले दार्जीलिङ पहाडमा जनभावनालाई दबाउने प्रयास राज्यले गर्दैछ, त्यसले दार्जीलिङलाई बिस्तारै आगोको भुप्रो बनाउँदैछ।’
यसैक्रममा गुरुङले भोलिको दिनमा भारतका शत्रुहरूले काश्मिरलाई रणभूमि बनाए जस्तै दार्जीलिङ पहाडलाई पनि रणभूमि बनाउन सक्ने भनि बताएका छन्। ‘आज जसरी काश्मिरलाई अन्तराष्ट्रिय स्तरमा भारतको शत्रुले रणभूमि बनाउने प्रयास गर्दैछ, त्यो भोलि पहाडमा हुँदैन भन्न सकिन्दैन’ विमल गुरुङले बिज्ञप्तीमा भनेका छन्।
उनले घरको कुड्की गर्दा पुलिसले राम्ररी सिजर लिस्ट समेत तयार नपारेको आरोप लगाएका छन् भने कुड्की गर्दा घर नै तोडफोड गर्नु अन्याय हो भनेका छन्। उनले देशमा खत्रानक अपराधीहरूको घर कुड्की गर्दा समेत यस्तो घटना नभएको भन्दै कहीँ नभएको कानुन यहाँ लागु गरिएको भनेका छन्। यसका साथै आम नागरिकलाई पक्राउ गरेर मुद्दा लगाउनु सामान्य बनिसकेको पनि बताएका छन्।
‘पुलिसले पहाड अनि तराई डुवर्समा गणतन्त्रलाई मारेर राज्यको सत्तारूढ पार्टीको क्याडरको काम गर्दैछ। आम नागरिकका संवैधानिक अधिकारहरू सबै खोसिएका छन्। मैले पहाड बिस्तारै आगोको भुप्रोमा परिणत हुने प्रबल सम्भावना देखिरहेको छु’ विमल गुरुङले बिज्ञप्तीमा भनेका छन्।



http://www.gafsaff.com

‘राज्य सरकारले दार्जीलिङलाई आगोको भुप्रो बनाउने प्रयास गर्दैछ’ भनि भूमिगत नेता विमल गुरुङले प्रेस विज्ञप्ती जारी गरेर भनेका छन्। उनले सहिद बरूण भुजेलका भाइ बिरेन भुजेलको घरको कोठा पुलिसले कुड्की गरेपछि प्रतिक्रिया व्यक्त गर्दै यसो भनेका हुन्।

Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.