दुई भाग हुनसक्ने सम्भावनामा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा

gnlf leader Sebastin Pradhan address the meeting
पहाडमा राजनैतिक पार्टीहरू गुट-गुटमा विभाजन हुनेक्रममा अब गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पनि दुई गुटमा विभाजन हुने सम्भावना देखा परेको छ। गोजमुमो पार्टी फुटेर दुई गुट बनेपछि अखिल भारतीय गोर्खा लिग पनि विभाजन बनेर अघिबाटै दुईवटा गुटमा बाँडिसकेको छ। यस्तो अवस्थामा मन घिसिङको नेतृत्वमा रहेको गोरामुमो पार्टी पनि अब दुईवटा गुटमा विभाजन हुने सम्भावना देखा परेको छ। यद्ययी अहिलेसम्म गोरामुमो पार्टीका नेताहरूले भने आफुहरू विभाजन नहुने कुरा दोहोर्‍याउदै आइरहेका छन्।

गोरामुमो पार्टी अध्यक्ष मन घिसिङले पार्टीलाई दह्रिलो बनाउन स्टेरिङ गठन गरेपछि उक्त स्टेरिङ कमिटिका पक्षधरहरूले हिजो (बिहिबार) टिस्टा त्रिवेणीमा छैटौँ अनुसूची सम्झौता दिवस पालन गर्‍यो भने उक्त कार्यक्रममा सहभागी नहुने समुहले आज यहाँको दु:ख निवारक सम्मेलन भवनमा साङ्गठनिक भेटघाट कार्यक्रम आयोजना गरेको छ। जुन भेटघाट कार्यक्रममा टिस्टा त्रिवेणीमा छैटौँ अनुसूची सम्झौता दिवस पालन गर्नेहरूको उपस्थिति थिएन। जसको कारण गोरामुमो पार्टी दुई फ्याक हुन लागिरहेको सङ्केत स्पष्ट बनेको छ।

दु:ख निवारक सम्मेलन भवनमा आयोजित गोरामुमोको भेटघाट कार्यक्रममा कालेबुङका विभिन्न समष्टि कमिटिका कार्यकर्ताहरू उपस्थित रहेका थिए। यद्यपी उक्त भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष मन घिसिङले मनोनित गरेका स्टेरिङ कमिटिका सदस्यहरू भने कोहि उपस्थित थिएनन्। जसको कारण गोरामुमो पार्टीभित्र विभाजन राजनीति सुरु भएको छाँट देखा परेको छ।
पार्टीको उक्त भेटघाट कार्यक्रममा उपस्थित रहेका वक्ताहरूले सम्बोधन गर्नेक्रममा पार्टीभित्रै अन्तर विरोधका बयानहरू दिएका छन्। यसका साथै पार्टी अध्यक्ष मन घिसिङद्वारा कालेबुङका निम्ति मनोनित कालेबुङ जिल्ला कार्यालय सचिव राजेन तामाङहरूको पदलाई स्वीकार नगर्ने जस्ता बयान दिएका थिए। जसले गोरामुमो पार्टीभित्र विभाजन सुरु भएको पुष्टि हुन थालेको हो।
यता उक्त भेटघाट कार्यक्रम पछि गोरामुमो कार्यकर्ता सेबास्टिङ प्रधानले पत्रकारहरूलाई सम्बोधन गर्दै पार्टीभित्र विभाजनको राजनीति नभएको स्पष्टिकरण दिएका छन्। ‘अहिले कालेबुङमा कुनै पनि सङ्गठन दह्रिलो नभएको कारण हामीले अचानक साङ्गठनिक सभा गरेका हौँ। किन भने भविष्यका सुवास घिसिङको सपनालाई कसरी साकार गर्नुपर्ने अनि मन घिसिङको हात कसरी बलियो पार्नपर्ने भन्ने चर्चा गर्‍यौँ’ सेबास्टिङ प्रधानले भने।
उनले सभामा पार्टीलाई दह्रिलो बनाउनका निम्ति कार्यकर्ताहरूले साङ्गठनिक गतिविधी अघि बडाउनुपर्ने आह्वान गरेको पनि बताएका छन्। यसक्रममा लगभग पाँच महिनासम्म पार्टीको साङ्गठनिक कार्य नभएको कारण पुन: कार्यकर्ताहरूले सङ्गठनलाई दह्रिलो बनाउनुपर्छ भनिरहेको कारण नै यसरी भेटघाटको कार्यक्रम गरेको पनि प्रधानले बताएका छन्।
‘यो भेटघाटको कार्यक्रम मात्रै हो। यहाँ कुनै पनि सङ्गठन बनाउने कुरा छैन’ सेबास्टिङ प्रधानले गुटबाजीको कुरालाई अस्वीकार गर्दै अझ भने –‘हामीमा कुनै गुटबाजी छैन। बिचार अलग भए पनि जीएनएल पार्टी चाहीँ एकै हो।’
यसक्रममा पार्टीभित्र देखिरहेको गुटबाजीबारे पत्रकारहरूले प्रश्न गर्दा प्रधानले कालेबुङ ब्राञ्च कमिटि गठन हुन आवश्यक रहेको भन्दै सर्वप्रथम केन्द्रिय कमिटि गठन हुनपर्ने अनि केन्द्रिय कमिटिकै निर्देशनमा ब्राञ्च कमिटि गठन हुनपर्ने पनि बताएका छन्।

यसक्रममा कालेबुङ जिल्ला कार्यालय सचिव राजेन तामाङले त्रिवेणीमा कालेबुङ जिल्ला कार्यकारी कमिटि गठन भएको भन्दै 125 जना कार्यकर्ताहरूको नामवली घोषणा गरेकोबारे प्रश्न गर्दा सेबास्टिङ प्रधानले भने –‘त्यो घोषणा गर्दा हामी त्यहाँ थिएनौँ। यसकारण त्यो घोषणा गरिएको हामी स्वीकार गर्दैनौँ। भविष्यमा केन्द्रिय कमिटिले ब्राञ्च कमिटि गठन गर्ने निर्देश दिएको खण्डमा हामी ब्राञ्च कमिटि पनि केन्द्रिय नेताहरूलाई साक्षी राखेर चयन गर्नेछौँ’ सेबास्टिङ प्रधानले अझ भने ‘गोरामुमो अहिलेपनि पहाडमा अस्सी प्रतिशत छ अनि यदि राम्रो नेता भए अझै बडेर जानेछ।’
‘जुनै पनि नियुक्ति हुन्छ त्यो पार्टीको संविधान अनुसार हुन्छ। गोरामो प्रमुख सुवास घिसिङले बनाएको पार्टीको संविधान अनुसार कुनै पनि पार्टीको कार्यलय सचिव भनेर नियुक्ति हुँदैन। सरसल्लाह अनुसार पार्टीको संयोजक हुन सक्छ तर अचानक एउटा कोठे वैठकमा दिएको नियुक्ति हामी स्वीकार गर्दैनौँ अनि हामी घोर भर्त्सना पनि गर्छौँ’ सेबास्टिङ प्रधानले मन घिसिङद्वारा राजेन तामाङलाई कार्यलय सचिव नियुक्ति गरेकोमा विरोध गर्दै भने।
यसैक्रममा गोरामोमो पार्टीका अर्का कार्यकर्ता बिके राईले गोरामुमो पार्टीभित्र विभाजन नआएको भन्दै यो केवल मिडियाले हल्ला मात्र गरेको बताएका छन्। ‘हामी एकैप्रकारले गोरामुमो पार्टीलाई बिस्तार गर्ने कार्य गर्दैछौँ। पार्टीलाई सुदृढीकरण गर्दा मन्त्र पढ्ने विधी बेग्ला बेग्लै हुनसक्छ। यसरी बेग्लै तरिकाले मन्त्र पढ्दा पार्टी बिभाजन भएको जस्तो लागेको हुनसक्छ’

 http://www.gafsaff.com/

पहाडमा राजनैतिक पार्टीहरू गुट-गुटमा विभाजन हुनेक्रममा अब गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पनि दुई गुटमा विभाजन हुने सम्भावना देखा परेको छ। गोजमुमो पार्टी फुटेर दुई गुट बनेपछि अखिल

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.