चेयरमेन्स गोल्डकपको दुईवटा म्याच १० अनि १३ डिसेम्बर मङपुमा हुने

ground preparation for gta chairmen's gold cup mungpoo
जीटीए चेयरमेन्स गोल्डकप फुटबल टुर्नामेन्ट आईतबार ९ डिसेम्बरदेखि सालुगडा मैदानमा रंगरग कार्यक्रम बीच शुरु हुनेछ | उक्त फुटबल टुर्नामेन्ट सालुगडा,सुकुना,दार्जीलिङ कालेबुङ खर्साङ र मङपुमा हुने तय भएपछि  मङपु जनमैदानमा पनि तयारी धमाधम भईरहेको छ | १० अनि १३ डिसेम्बरको दिन उक्त टुर्नामेन्टको  दुईवटा म्याच मङपु जनमैदानमा हुनेछ |  जीटीए स्पोर्ट्स काउन्सिलको आयोजनमा सम्पन्न हुने उक्त फुटबल टुर्नामेन्टको  दोस्रो दिनको म्याच  १० डिसेम्बर  २०१८ को दिन १ बजे कालेबुङ ११ अनि सौदन समिति माँझ भीडन्त हुनेछ साथै १३ डिसेम्बरको दिन युनाइटेड सिक्किमको भिडन्त ग्रुप ४को बिजेता दलसंग हुनेछ | यसरी मङपु जनमैदानलाई बड़ोतरी गरेर मर्मत गर्ने कार्य १५ दिन अघि देखि शुरु भएको थियो भने जीटीए चेयरमेन्स  गोल्डकप फुटबल टुर्नामेन्ट दुईवटा म्याच खेल्नको निम्ति मङपु जनमैदान पूर्णरुपले तयारी भएको जानकारी जीटीए स्पोर्ट्स काउन्सिलको सल्लाहकार रामपोख्रेलले दर्पणलाई दिएका छन् | उक्त फुटबल म्याच हेर्नको निम्ति आयोजक समितिले सम्पुर्ण दर्शकवर्गलाई हार्दिक स्वागत जनाएको छ |

जीटीए चेयरमेन्स गोल्डकप फुटबल टुर्नामेन्ट आईतबार ९ डिसेम्बरदेखि सालुगडा मैदानमा रंगरग कार्यक्रम बीच शुरु हुनेछ | उक्त फुटबल टुर्नामेन्ट सालुगडा,सुकुना,दार्जीलिङ कालेबुङ खर्साङ र मङपुमा हुने तय भएपछि

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.