जीटीएद्वारा तीनवटा पुरस्कार 27 दिसम्बरमा प्रदान गरिने घोषणा

GTA announced three award
जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा प्रत्येक वर्ष प्रदान गरिने आगामी 27 दिसम्बरको दिन गिरी सम्मान पुरस्कारसितै स्व. अरूणा लामा स्मृति पुरस्कार अनि स्व. शिव कुमार राई स्मृति पुरस्कार गरेर तीनवटा विशिष्ट पुरस्कार दार्जीलिङका तीन विशिष्ट विभूतिहरूलाई प्रदान गरिने भएको छ। आगामी 27 दिसम्बर स्व. अगमसिहँ गिरीको जन्म जयन्तीको अवसरमा उक्त तीनवटा पुरस्कारहरू प्रदान गरिने जीटीए अध्यक्ष विनय तामाङले प्रेस विज्ञप्तिमार्फत जनाएका छन्।
तामाङले जनाएअनुसार, पूर्वघोषणामुताविक उक्त तीनवटा पुरस्कारहरूमा क्रमैले डा. जय योञ्जन प्यासीलाई गिरी पुरस्कार 2018, विनोद स्याङदेनलाई ,स्व. अरूणा लामा स्मृति पुरस्कार 2018 अनि स्व. शिव कुमार राई स्मृति पुरस्कारमा वयोवृद्ध एवं प्रवुद्ध साहित्यकार कृष्णसिहँ मोक्तानलाईलाई प्रदान गरिनेछ। जीटीए सूचना एवं सास्कृतिक विभागद्वारा गठित एक चयन समितिद्वारा उक्त विभूतिहरूका नामहरू उक्त पुरस्कारको निम्ति चयन गरिएको पनि तामाङको भनाइ छ।

http://pratibymba.com/

जीटीए सूचना एवं सांस्कृतिक विभागद्वारा प्रत्येक वर्ष प्रदान गरिने आगामी 27 दिसम्बरको दिन गिरी सम्मान पुरस्कारसितै स्व. अरूणा लामा स्मृति पुरस्कार अनि स्व. शिव कुमार राई स्मृति पुरस्कार गरेर

Read latest post filed under Awards

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.