हिल एन्जल्सको रजत जयन्ती पालन

Hill Angels Academy Silver Jubilee celebration
विगत १९९३ सालमा स्थापित मङपुको एक अंग्रेजी विधालय हिल एन्जल्स एकाडेमीले आज एक भब्य कार्यक्रमको आयोजन गर्दै रजत जयन्ती समारोह पालन गर्यो | समारोहका प्रमुख अतिथि एनएचपीसीका मुख्य अभियन्त प्रभारी एसके अग्रवाल अनि सभाध्यक्ष गोबिन तमांगको बाहुलीबाट स्थानीय समाजसेवी व्यक्तित्ववर्गलाई स्मृति चिन्ह प्रदान गरियो | यसरी प्रमुख अतिथिको बाहुलीबाट २५ वां वर्षगाँठको केक काटिएर कार्यक्रमको आरम्भ गरियो | राजत जयन्ति समारोहमा विधालयका नानीहरुले सुन्दर गीत, नृत्य आदि प्रस्तुत गरेर सम्पूर्ण दर्शकवर्गलाई मन्त्रमुग्ध पारे | कार्यक्रमलाई जुनियर अनि सिनियर दुई भागमा अन्तर्भुक्त गरिएको थियो जसमा विधालयका नानीहरु आरोही राई, इसिका मुखिया, वर्षा छेत्री, गौरव मुखियाले संचालन गरेका थिए | विधालयका प्राचार्य मनोज मोक्तानले यसरी आज हिल एन्जल्स एकाडेमीले रजत जयन्ति पालन गर्न सकेकोमा हर्ष प्रकट गर्दै अहिलेसम्म सहयोग गर्ने सबैमा आभार व्यक्त गरे | समारोहमा भूतपूर्व शिक्षक, शिक्षिकागण, भूतपूर्व विधार्थीवर्गलाई पनि विधालयको पक्षबाट स्मृति चिन्ह सहित खदा अर्पण गरि सम्मान जनाइयो ||

विगत १९९३ सालमा स्थापित मङपुको एक अंग्रेजी विधालय हिल एन्जल्स एकाडेमीले आज एक भब्य कार्यक्रमको आयोजन गर्दै रजत जयन्ती समारोह पालन गर्यो | समारोहका प्रमुख अतिथि एनएचपीसीका मुख्य

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.