आइसीडीएस सगंठनले विनय तामाङलाई राख्यो ७ सूत्री माग

ICDS tabled 7 demands to GTA Chief Binay Tamang
आफुहरुले भनेजस्तो सुविधा तथा काम अनुरुपको दाम पाउन नसकेको भन्दै एकीकृत शिशु विकास कर्मी-सहकर्मी (आइसीडीएस) सगंठन केन्द्रिय समितिको प्रतिनिधि टोलीले आज जीटीए अध्यक्ष विनय तामाङलाई लालकोठीमा भेटेर सात सूत्री मागसहित एउटा ज्ञापन सुम्पिएको छ।
उक्त ज्ञापनमा राज्य सरकारले गरेको घोषणा अनुरुप आइसीडीएस कर्मी- सहकर्मीहरूको अनेरियम वृद्धि निरन्तर रूपमा हुनुपर्ने, समय अनुकुल कर्मचारीहरुको अनेरियम प्रदान गरिनुपर्ने, सरकारको घोषणा अनुरुपको कर्मचारीहरुको बडोत्तरी हुनुपर्ने, १८५ वटा आइसीडीएस केन्द्रहरूको निर्माणको रोकिएको टेन्डर चाडो गरिनुपर्ने, होम कोटाद्वारा मनोनित सेन्टरहरुको जानकारी सगंठनलाइ दिनुपर्ने, जीटीएद्वारा शितकालीन भत्ता दिनुपर्ने अनि गत आन्दोलनको समयमा जेल परेका कर्मचारीहरुको रोकिएको अनेरीयम चाड़ो प्रदान गरिनुपर्ने आदि रहेका छन्।
हामी अत्यन्तै अन्योलमा परेका छौं सरकारको घोषणा अनुसार अक्टोबर महिनादेखि कर्मचारीहरुको बेतनमा १००० रुपियाँको बडोत्तरी  केवल एकै महिना पाएपछि नमेम्बर महिनामा हेल्परको ७०० रुपैयाँ तथा कर्मचारीको ४०० रूपीया मात्रै बडेको जानकारी बताइँदैछ।यसले कर्मचारीवर्गमा अन्योलता छाएको छ। यसैले हामी जीटीएलाई गुहार माग्न बाध्य भएको छौं, सगंठनकी सचिवा पुष्प लामाले बताइन्।
महगाँइलाई मध्य नजर राख्दै समयानुरुप अनेरियम पाउनुपर्ने अनि सरकारी नियम अनुरुप हेल्परको  सर्विस शुरुआत गरेको ५ बर्षपछि कर्मचारीमा  तथा कर्मचारीको  १० बर्षपछि सुपरभाइजरमा बडोत्तरी हुनुपर्ने भए पनि अहिलेसम्म यीमध्ये कुनै काम नभएको दुखेसो पनि उनले पोखिन् भने आजको भेटवार्तामा जीटीए अध्यक्ष विनय तामाङले उक्त विषयलाई गम्भीरतापूर्वक लिएको तथा आफू तथा जीटीएको तर्फबाट सकेसम्म सहयोग गर्ने वचन दिएको पनि उकनको भनाइ छ।
आजको भेटवार्तामा सगंठनकी सचिवा पुष्प लामा, अणु प्रधान, अरुणा घिमिरे, गनिता गुरुङ, दिल कुमारी शर्मा दमन्ती सुनुवार, लिमि तामाङलगायत अन्यान्न रहेका थिए।

http://pratibymba.com/

आफुहरुले भनेजस्तो सुविधा तथा काम अनुरुपको दाम पाउन नसकेको भन्दै एकीकृत शिशु विकास कर्मी-सहकर्मी (आइसीडीएस) सगंठन केन्द्रिय समितिको प्रतिनिधि टोलीले आज जीटीए अध्यक्ष विनय तामाङलाई लालकोठीमा भेटेर सात सूत्री मागसहित एउटा ज्ञापन सुम्पिएको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.