विगत केही दिन अघि घर जलेर स्वाहा भएपछि विल्लिवाठ बनेका रन्जुभेल्ली निवासी बिनोद रसाइलीका परिवारलाई सहयोग पुराउन हेल्पिव ह्याण्ड पिडितको घरमा पुगे | पिडित परिवारलाई सान्तवना दिनपुगेका हेल्पिङ ह्याण्ड मङपु शाखाका प्रतिनिधिले आवश्यक सामग्रीहरु उपलब्ध गराए | ती दैनिक आवश्यकीय सामग्रीहरुमा भाँडा कुडा अनि ओड्ने ओछ्याउने सामग्रीहरु थिए | यसको साथै पिडित विनोद रसाइली अनि उनका परिवारलाई सहयोग राशी १३ हजार स्वस्तिका राईको बाहुलीबाट हस्तान्तरण गरियो | घटना स्थलमा पुगेका गैरसरकारी संस्था हेल्पिङ ह्याण्डलाई माला तामांगले प्रतिनिधित्व गर्दै स्थानीय टंक छेत्री, दिपक मंगर, दिनेश राई अनि डम्बर रसाइली उपस्थित थिए ||
Post a Comment
We love to hear from you! What's on your mind?