ILTA president Dorjee Lepcha

कानूनी दाउपेचमा फसेको लेप्चा भाषाको पढाई शुरू गर्नलाई जीटीएको सकरात्मक पहल होस् - इल्टा

कानूनी दाउपेचमा फसेको लेप्चा भाषाको पढाई शुरू गर्नलाई नयाँ जीटीए सरकारले सकरात्मक पहल गरिदिने आशा इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनले व्यक्त गरेको छ। तीन वर्षअघिदेखि कानूनी दाउपेचमा फसेको कारण पहाड़का सरकारी प्राथमिक पाठशालाहरूमा पढाउन नसकेको लेप्चा भाषाको निम्ति क्षेत्रीय सरकारले पोजिटिभ पहल गरिइयोस् भन्ने आह्वान गर्दै इल्टा अध्यक्ष दोर्जी टी. लेप्चाले गरेका हुन्।

दार्जीलिङको इतिहास लेप्चा भाषासँग जोड़िएको छ। यहाँको भूगोल बुझ्नलाई लेप्चा भाषा पढाउन जरूरी छ। पहाड़को खोला नाला कीरा फटेङ्ग्रा सबैको नाम लेप्चा भाषाबाट शुरू भएको छ। जुन भाषालाई पढाउने निर्देश 2015 मा जारी भए तापनि कानूनी दाउपेचमा फसेको कारण आजसम्म यसको पढाइ शुरू हुन सकेको छैन। अब यसको निम्ति जीटीएको नयाँ बोर्डले सकरात्मक पहल गरिदिने कुरामा हामी आशावादी छौं। म समस्त लेप्चाहरूको पक्षमा जीटीएलाई यो आह्वान गर्न चाहान्छु दोर्जी टी. लेप्चाले भने।
तीनवर्षपछि पनि सरकारी प्राथमिक पाठशालामा लेप्चा भाषा पढाउन नपाइरहेको गुनासो गर्दै इल्टा अध्यक्ष दोर्जी. टी लेप्चाले आज टाउन हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै बदलिँदो राजनैतिक परिस्थितिबीच जीटीएमा आएको नयाँ बोर्डले लेप्चा भाषाको निम्ति सकारात्मक पहल गरिदिने आशा व्यक्त गरेका छन्। यस अतिरिक्त लेप्चा भाषालाई संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गर्नको निम्ति पनि इल्टाको अगुवाईमा सर्वभारतीय स्तरमा पहल भइरहेको दावी उनले गरेका छन्।
‘भाषा मान्यताको निम्ति इल्टाको अगुवाईमा लगातार कार्य भइरहेको छ। हाम्रा मान्छेहरू रातदिन खटिरहेका छन्। ठीकठाउँमा ठीकसंगले काम हुँदैछ। नतिजा आएपछि सबै कुरा खुलस्त हुनेछ। कञ्चनजंघाको काखमा जन्मिएको लेप्चा भाषाले एकदिन निश्चय नै न्याय पाउनेछ। हामी आश्वास्त छौं, ढिलोछिटो यो मुद्दाको छिनाफाना एक दिने हुनेछ दोर्जी लेप्चाले अझ भने।
अर्कोतिर लेप्चाहरूको आस्थासंग जोड़िएको सिक्किमको रोङ्ग्योक खोलालाई बचाइदिने आह्वान पनि उनले सिक्किम सरकार समक्ष गरेका छन्। सिक्किम सरकारले लेप्चाहरूको निम्ति धेरै कार्य गरिरहेको जनाउँदै उनले भने, ‘सिक्किममा लेप्चा भाषालाई यूनिभर्सिटीसम्म पढाइ रहेको छ। तथापि हामी आह्वान गर्छौं, रोङ्ग्योक खोला लेप्चाहरूको आस्थासंग जोड़िएको कुरा हो। यसैले हामी सिक्किम सरकारलाई दस हात जोड़ेर आह्वान गर्छौं, यसलाई बचाउनको निम्ति पहल होस्।उनले दार्जीलिङको चौरस्तामा आयोजित पुनो गेबु आच्योकको 287 औ जन्मजयन्तीको कार्यक्रममा भेला हुने समस्त लेप्चाहरूसंगै कार्यक्रम सफल पार्नको निम्ति सहयोग पुर्‍याइदिने प्रशासनसमक्ष पनि आभार व्यक्त गरेका छन्।
 http://www.gafsaff.com

कानूनी दाउपेचमा फसेको लेप्चा भाषाको पढाई शुरू गर्नलाई नयाँ जीटीए सरकारले सकरात्मक पहल गरिदिने आशा इन्डिजिनियस लेप्चा ट्राइबल एसोसिएशनले व्यक्त गरेको छ। तीन

Read latest post filed under regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.