गोर्खालाई जनजाति बनाउने बील बजेट सेसनमा पेश हुने मन्त्री जोएल ओरामको दाबी, बिमल बिजेपीमा अझ आशावादी

Bimal Gurung Joel Oram
‘केन्द्र सरकारले यसै संसदको शितकालिन सत्रमा गोर्खाको छुटेका एघार जनजातिको बील ल्याउने वचन दिएको भए तापनि त्यो पुरा हुन सकेन। 9 अक्टोबर 2018 मा केन्द्रिय जनजाति मन्त्री ओएल रोरामले गोर्खा जनमुक्ति मोर्चाको टोलिलाई उक्त वचन दिएका थिए। तर जब सदनमा कुरा आएन, हाम्रो जातिले कुनै पनि स्थितिमा न्याय नपाएको महसुस गर्‍यौँ’ – उक्त कुरा भूमिगत नेता विमल गुरुङले प्रेस विज्ञप्ति जारी गरेर भनेका हुन्।

संसदको शितकालिन सत्रमा गोर्खा जातिका जात गोष्ठिलाई जनजातिको मान्यता दिने भाजपाले बारम्बार आश्वासन दिए पनि आखिरसम्ममा बील पेश नगरेपछि न्याय नपाएको महशुस गरेको विमल गुरुङले विज्ञप्तिमा बताएका छन्। सोहि कारण उनले बीपी बजगाईँलाई पार्टीले सम्पर्क गरेर केन्द्रिय जनजाति मन्त्री जोएल ओरामसँग भेटघाट गरेर वास्तविकता बुझ्न पठाएको अनि उक्त भेटघाटपछि आफुहरूको आशा जिवित रहेको बताएका छन्।
उनले बीपी बजगाईँले मन्त्री जोएल ओरामलाई भेटगरेर कुराकानी हेरेपछि भाजपाप्रति अझै विश्वास रहेको भन्दै भाजपा आफ्नो वचनप्रति प्रतिवद्ध रहेको पनि दाबी गरेका छन्। उनले उक्त प्रेस विज्ञप्तीसँगै मन्त्रीले बोलेको रेकर्ड भिडियो पनि सार्वजनिक गरेका छन्।
के छन् त भिडियोमा ?
गोर्खा समुदायका 11 जात गोष्ठीलाई भाजपाले शितकालिन सत्रमा बील पेश नगरेको सन्दर्भमा बीपी बजगाईँले केन्द्रिय जनजाति मन्त्री जोएल ओरामलाई प्रश्न गरेका छन्।
‘जब सिक्किम अनि पश्चिम बङ्गालको दार्जीलिङ क्षेत्रबाट यस जातको माग उठ्यो त्यसपछि भारत सरकारको नजरमा यस जाति (गोर्खा) केवल त्यस क्षेत्रमा मात्र बसोवास गर्दैन भन्ने जानकारी आयो। यीनिहरू आसमको केहि भागमा, हिमाचल प्रदेशको केहि भाग, दिल्लीको केहि भाग अनि उत्तरखण्डमा पनि बसोबास गर्दै गरेको थाहा पायौँ। यसकारण यी क्षेत्रका (सिक्किम/दार्जीलिङ) गोर्खाहरूलाई मात्र जनजातिको मान्यता दिँदा अरू क्षेत्रका मानिसहरूलाई कस्तो प्रभाव पर्छ भनेर एउटा समिति बनायौँ। यो समितिले सिक्किम अनि पश्चिम बङ्गालको रिपोर्ट बुझायो तर अन्य राज्यहरूको रिपोर्ट आउनमा समस्या भयो। समस्या यसकारणले भयो कि दुईजना अधिकारीको परिवर्तन भयो। तर भारत सरकार यसमा एकदमै प्रतिवद्ध छ अनि प्रधानमन्त्री आफैले आश्वासन पनि दिएका छन् अनि हामी लिम्बु तामाङलाई जसरी जनताति बनायौँ त्यसरी नै अरूलाई पनि बनाउनेछौँ’ भूमिगत नेता विमल गुरुङले प्रेस विज्ञप्तिसँगै जारी गरेको भिडियोमा बीपी बजगाईँलाई सम्बोधन गर्दै मन्त्री जोएल ओरामले भनेका छन्।
बजेट सेसनमा पेश हुनेछ बील
शितकालिन सत्रमा गोर्खा समुदायका 11 जातगोष्ठिलाई जनजाति बनाउने बील पेश नभए पनि आगामी बजेट सेसनमा उक्त बील पेश हुने केन्द्रिय जनजाति मन्त्री जोएल ओरामले दाबी गरेका छन्।
‘यो प्रोसेसमा छ। अहिले शितकालिन सत्रमा जुन प्रस्ताव बनाएका थियौँ त्यो बीलको रूपमा लोकसभा आएर कसैको पनि पारित भएको छैन। यो रिपोर्ट जब आउनेछ तब आउँदो बजेट सेसनमा यो बीलको रूपमा प्रस्तुत भएर पारित हुने पुरापुरी सम्भावना छ। यसैकारण रिपोर्ट 7 अनि 9 तारिक आएपछि अघाडी बताउनेछौँ। तर अहिलेसम्म कुनै पनि प्रदेशको एउटै पनि जातिलाई जनजाति घोषित गरेका छैनौँ। केवल बीलको स्टेजमा छौँ, प्रोसेसमा छौ यसकारण सिक्किम दार्जीलिङका मानिसहरू निराश बन्न पर्दैन। हामी बजेट सेसनमा यसलाई पेश गर्नेछौँ। अनि पास गर्ने कुरामा विश्वस्त छौँ’ मन्त्री ओरामले भनेका छन्।
http://www.gafsaff.com/

‘केन्द्र सरकारले यसै संसदको शितकालिन सत्रमा गोर्खाको छुटेका एघार जनजातिको बील ल्याउने वचन दिएको भए तापनि त्यो पुरा हुन सकेन। 9 अक्टोबर 2018 मा केन्द्रिय जनजाति मन्त्री ओएल रोरामले गोर्खा जनमुक्ति मोर्चाको टोलिलाई उक्त वचन दिएका थिए।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.