विनय तामांगले गोजमुमोलाई लगाएका सबै आरोपहरू झुटा हुन्: संजीव सुवेदी

Sanjeeb Subedi Chhetri, Vidhyarthi Morcha Secretary
विनय तामांगले गोर्खाल्याण्डको आन्दोलन तुहाएर राजनीती गरिरहेका छन् अनि उनीहरूले राजनीती गर्नु झूटको सहारा लिएर सिधा-सादा जनतालाई आँखामा धूलो हाल्ने काम गर्दैछन्| स्वच्छ राजनीति भनेको कुन चरा को नाम हो भन्ने हेक्का विनय तामांगहरूलाई छैन।
11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्नलाई गठन गरिएको निरीक्षण कमिटीले अहिलेसम्म रिपोर्ट धरी नबुझाएको दावी गर्दै जनजातिको मुद्दालाई लिएर भाजपा अनि विमल गुरूङपन्थीहरूले झूटो बोलिरहेको भन्ने आरोप लगाउँदै विनय तामांगले केन्द्रिय जनजाति मामिला मन्त्रालयका निर्देशकबाट सिक्किम सरकारलाई पठाइएको एउटा इमेललाई आधार गर्दै मन्त्री लगायत विमलपन्थीहरूले भीडियो जारी गरेर विन्टर सेसनको कुनै पनि दिन सदनमा बील पेश गरिनेछ भनेर ढाँटिरहेको छ भन्ने कुरामा वकालत गरेको देखियो|
यस सन्दर्भमा हामी विनय तामांगलाई सोध्न चाहन्छौं, के केन्द्र सरकारबाट सिक्किम सरकारलाई पत्र बिमल गुरुङले पठाएको हो? के मन्त्री ओरामको बयानबाट केन्द्र सरकारले यो शीतकालीन सत्रमा बील ल्याउने वचन दिएको थियो भनेर स्पष्ट बुझिदैन? बिमल गुरुङले त निस्वार्थ रूपमा यो मुद्दालाई जातिय हीतमा अघि बडाएको हो अनि केन्द्रले वचन दिएको कुरालाई जनता सामु ल्याएको हो। यस्तो स्थितिमा बिमल गुरुङले ढाँट्यो भनेर कसरी भन्न सकेको? केन्द्रबाट पत्र पठाउने क्षमता भएको भए त उनले विनय तामांगको अनुहारमा सोझै गोर्खाल्याण्ड गठनको नोटिफिकेसन नै पछार्ने थिए। होइन र? उहाँ आन्दोलनमा हुनुहुन्छ। उहाँ केन्द्र सरकार नै भएको भए आन्दोलन गर्नु पर्थ्यो र? विनयहरूले एघार जात-गोष्ठीको निम्ति प्रेशर दिनु केन्द्रमा आएर के गरे र? के यसबारेमा बोल्ने अनि ढाँट्ने अधिकार उनीहरूलाई छ? विनय तामांगलाई थाहा हुनुपर्छ भर्खरै जारी भएको भिडियो गोरामुमोको टोलि र मन्त्री ओरामको भेटघाट होइन। त्यहाँ जाने लिला गुरुङ बनबस्तीका जनताका भलाई चाहने एक कर्मठ व्यक्ति हुन् अनि बी. पी. बजगाईं गोर्खा जातिको निम्ति निस्वार्थ काम गर्ने जाति सेवक हुन। त्यो टोलि नितान्त जनता को पक्षमा गएको एउटा टोलि हो। उनीहरूले बिमल गुरुङले उठाएको मुद्दालाई जातीय हीतमा समर्थन गर्छन। विनयहरूले कसरी त्यो भिडियो को सहारा लिएर बिमल गुरुङ लाई आरोप लगाउने झुटो र फरेबी काम गर्दैछन?
बिनय तामांगलाई थाहा होस्, बिमल गुरुङको एघार जात गोष्ठीको मुद्दालाई जातीय हीतमा सघाउने ती दुई निस्वार्थ व्यक्तिहरूले मन्त्री जोएल ओरामलाई भेटेर दबाउ दिएको दिन नै बेलुकी मन्त्रालयले सिक्किम सरकारलाई चिठ्ठी लेख्नु भनेको केन्द्र सरकारले जनताको प्रेशर अनुभव गर्नु हो। बिमल गुरुङको सपना र उनलाई विश्वास गर्नेहरूले अन्तिम समयसम्म केन्द्रलाई प्रेशर दिइरहेका छन। दुईजना व्यक्तिको प्रेशर यति सार्थक हुन्छ र केन्द्र दबाउमा आउन सक्छ भने पहाडका तमाम नेताहरूले केन्द्रलाई प्रेसर दिएको भए यो मुद्दा छिरिसक्ने थियो। यो मुद्दा बिमल गुरुङको मात्र पेवा मुद्दा थिएन। तर विनयहरू केन्द्रलाई प्रेशर दिनु के गरे? पत्रकार सम्मेलन गरेर उनले मुख ट्याउँ ट्याउँ पड्काएको जस्तो सजिलो हुँदैन केन्द्रसंग सिंगौरी खेल्नु? जुन चिठ्ठीको आड लिएर विनयले राजनीतिको रोटी सेक्दैछन, त्यो चिठ्ठी लिला गुरुङ र बी पी बजगाईं जस्तो निस्वार्थ जतिप्रेमिको देन हो भनेर कबुल गर्नु सक्छन उनीहरूले? विनय तामांगले आन्दोलनको समय बीजेपीले गोर्खालाई धोका दियो भनेर सजीलै भन्नु पानी सकेकै हो| हो, हामी मान्छौं की बीजेपीले आन्दोलनकालमा खेल्नु पर्ने भूमिकामा हामीले प्रश्न गर्ने धेरै ठाउँ छ। तर प्रश्न गर्ने अधिकार हामीसंग छ, किनभने हामी अहिले पनि आन्दोलनमा छौ। तर आन्दोलनको बाछा ब्याउन लाग्दा आन्दोलनलाई नै तुहाएर बिक्रि भएको मान्छेले, गोर्खाको सपनामा डडेलो लगाउने मान्छे विनय तामांगले कसरी बिजेपीले धोका दियो भन्नु सकेको? धोका उनीहरूले दिएको की बीजेपीले? उनीहरूले गोर्खाल्याण्डलाई धोका दिएर सत्ताको सुखसंग आन्दोलन साटेको जनताले बिर्सिएका छैनन। भर्खरै सिलगडीको सुकुनामा सम्पन्न भएको उनीहरूको तथाकथित चिन्तन शिविर दुई दिन व्यापी हूँदा पनी एकै पटकसम्म पनी गोर्खाल्याण्डको उच्चारणसम्म गर्न नसक्नेहरूले गफ हाँकेको माटो र जातिको बिग टक लाई अब जनताले पत्याउदैनन। यसको जवाब जनताले चुनावमाँ दिनेछन। गोर्खाको एघार जात-गोष्ठीले जनजाती मान्यता नपाउँदा आज सबै भन्दा खुशी हामी विनयलाई नै देख्दैछौं, किनभने गोहीको आँसु झरेर उनले त्यसमाथि राजनीति गर्दैछन।
उनीहरूले चिन्तन शिविर गरेर बनाएको एउटा पोस्टर हामीले देख्यौं, जहाँ लेखिएको छ, "जाति र माटोको सुरक्षा गरौँ! म होइन हामी भएर बाँचौं ।" यदी विनयहरूमा सत्ताको स्वार्थ छैन भने अनि जाति र माटोको सुरक्षा गर्न चाहान्छन भने सबै भन्दा पहिला जिटिए को कुर्सी त्यागेर देखाऊन। होइन भने गोर्खाको भावनासँग खेलवाड नगरून। उनीहरू ‘हामी’ भएर बाँच्न चाहन्छन भने सबै भन्दा पहिला त्यो हामी भित्र पर्नेहरूको घर कुड्की र पुलिस दमनलाई बन्द गरेर देखाउन नत्र हामी भन्न छोडेर म मात्र भनुन। विनय तामांगको असली रूप जनता सामु उदाङ्गो भएको छ, खापै खाप आवरण चडाए पनि अनि जति नै नुहाए पनि गधा कहिल्यै गाई बन्न सक्दैन।

संजीव सुवेदी
सांगठनिक सचीव,
गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा
दार्जीलिंग

विनय तामांगले गोर्खाल्याण्डको आन्दोलन तुहाएर राजनीती गरिरहेका छन् अनि उनीहरूले राजनीती गर्नु झूटको सहारा लिएर सिधा-सादा जनतालाई आँखामा धूलो हाल्ने काम गर्दैछन्| स्वच्छ राजनीति भनेको कुन चरा को नाम हो भन्ने हेक्का विनय तामांगहरूलाई छैन।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.