भाजपा अनि विमल गुरुङहरूको झुट उदाङ्गो पारेका छौँ - विनय तामांग

Bimal Gurung Binay Tamang fraction
गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले संसदको चलिरहेको शितकालिन सत्रमा गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने सन्दर्भमा बील पेश नहुने खुलासा गरेका छन्। गोजमुमो भूमिगत नेता विमल गुरुङ गुटका नेताहरूले सांसद एस.एस आहलुवालीयाको नेतृत्ववा एकाधिकपल्ट केन्द्रिय जनजाति मन्त्री जोएल उरावँलाई भेट गरेर शितकालिन सत्रमा 11 जात गोष्ठिलाई जनजाति बनाउने बील पेश हुनेछ भन्दै अन्तिम समयसम्म दाबी गरिरहेको अवस्थामा विनय तामाङले बील पेश नहुने खुलासा गरेका हुन्।

उनले गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिन त टाढाको कुरा तर, जनजातिको मान्यता दिने सन्दर्भमा भारत सरकारद्वारा गठन गरेको जाँच कमिटिले अहिलेसम्म भारतको केन्द्र सरकारलाई रिपोर्ट समेत नभुझाएको खुलासा गरेका छन्। भारत सरकारको केन्द्रिय जनजाति मामिला मन्त्रालयका निर्देशक गोपाल साधवानीद्वारा गत 3 जनवरीका दिन सिक्किम सरकारलाई पठाएको आधिकारिक ई-मेल पत्र सार्वजनिक गर्दै विनय तामाङले उक्त खुलासा गरेर भारतीय जनता पार्टी अनि विमल गुरुङ गुटहरूले अहिलेसम्म गर्दै आइरहेको सम्पूर्ण दाबीहरूलाई झुटो प्रमाणित गरेका छन्।  
उनले केन्द्रिय जनजाति मामिला मन्त्रालयका निर्देशक गोपाल साधवानीद्वारा सिक्किम सरकारलाई गत 3 जनवरीको दिन बेलुकी 5.14 मा पठाइएको उनको आधिकारीक इमेल सार्वजनिक गर्दै उक्त इमेलमा सिक्किम सरकारलाई जनजातिको मान्यताको निम्ति आफूलगायत कमिटीका प्रतिनिधिहरू सिक्किम भ्रमणमा आउने सूचित गरेका कुराको सार्वजनिक गरेका हुन्। 

‘गोपाल साधवीको इमेल ठीक त्यही दिन सिक्किम सरकारले प्राप्त गरेका छन् जुन दिन एसएस आहलुवालिया, लीला गुरूङ अनि विमलपन्थीहरूले विन्टर सेसनकै कुनै दिन पनि जनजातिको बील पेश गरिनेछ भनेर मन्त्री जुअल ओरमको भीडियो जारी गरेका थिए’ विनय तामाङले अझ भने –‘केन्द्रिय जनजाति मामिला मन्त्रालयका निर्देशकबाट सिक्किम सरकारलाई पठाइएको उक्त इमेलले मन्त्रीलगायत विमलपन्थीहरूले भीडियो जारी गरेर विन्टर सेसनको कुनै पनि दिन सदनमा बील पेश गरिनेछ भनेर ढाँटिरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ।’
सिक्किम सरकारलाई आधिकारी तौरमा पठाइएको उक्त इमेलले त सदनमा बील पेश हुनु त धेरै टाँड़ोको कुरा तर  गोर्खा समुदायको 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिने सन्दर्भमा कमिटीले अहिलेसम्म रिपोर्ट पनि सङ्कलन गरी नसकेको कुरा स्पष्टरूपले प्रमाणित गरेको पनि तामाङले दाबी गरेका छन्।
‘यदि यस्तो होइन भने भीडियो रिकर्डिङमा मन्त्रीले कमिटीद्वारा सिक्किममा गरिने आधिकारीक भ्रमणको कुरा उल्लेख नगरेर सिक्किम अनि दार्जीलिङको प्रक्रिया पूर्ण भइसकेको छ भनेर झूटो बोलेका हुन् त?’ विनय तामाङले प्रश्न तेर्साएका छन्।
तामाङले बीपी बजगाई अनि लिला कुमार गुरुङहरूले केन्द्रिय जनजाति मन्त्रीलाई भेट गरेको भिडियो मन्त्री जुअल ओरमको अफिसियल फेसबूक एकाउण्ट अनि ट्वीटरमा कतै पोस्ट गरिएको छैन भन्दै यसभन्दा अघिका भेटघाटका भेटघाटहरूबारे सबै पोस्ट गरिएको सन्दर्भमा पनि प्रश्न खडा गरेका छन्।
‘उक्त भीडियो गोर्खा समुदायलाई झूट बोलेर मूर्ख बनाउने सुनियोजित षड़यन्त्रमात्रै हो। यदि हैन भने सिक्किम र दार्जीलिङको प्रक्रिया पूरा भइसकेको छ भनेर भीडियो बयान जारी गरेको केही घण्टापछि नै उनको आफ्नै मन्त्रालयबाट सिक्किम सरकारलाई निरीक्षण भ्रमणको निम्ति सिक्किम आउने इमेल पठाउनुको कारण के रहेको छ?’ विनय तामाङले प्रश्न तेर्साएका छन्।  
उनले 2016 मा भिशु मियानीले सिक्किम अनि दार्जीलिङको भ्रमण गरी दिसम्बर 2016 भित्रमा रिपोर्ट बुझाउने बताएका थिए भन्दै यसपछि  केन्द्रिय जनजाति मामिला मन्त्रालयद्वारा अप्रेल 2016 मा अशोक पाईको अधीनमा कमिटी गठन भएको पनि बताएका छन्। यसका साथै उक्त कमिटीलाई 3 महीनीभित्रमा रिपोर्ट बुझाउनुपर्ने निर्देश रहेको तर अशोक पाईले यस मुद्दामा कार्वाही शुरू गर्नुअघि नै उनलाई नेशनल कमिशन फर सेड्यूल ट्राइब्समा स्थानान्तरण गरिएको पनि तामाङले जानकारी गराएका छन्। जसको कारण भिशु मियानीलाई कमिटीको मुखिया बनाएर उनले 11 नोभेम्बर 2016 मा दार्जीलिङको भ्रमण समेत गरेको अनि सोही समय कमिटीले दिसम्बर 2016 भित्रमा रिपोर्ट बुझाउने कुरा बताए पनि भिशु मियानीको दार्जीलिङ भ्रमण सकिएको 2 वर्षपछि कमिटीका नयाँ अध्यक्षसहित सिक्किम भ्रमण गर्ने आवश्यकता किन परयो भनी तामाङले अर्को प्रश्न गरेका छन्।
‘उक्त कमिटीको रिपोर्ट गत अढ़ाई वर्षदेखि अहिलेसम्म स्थगित नै रहेको छ जबकि ओरिजिनल सरकारी नोटिफिकेशनमा 3 महीनाभित्रमा कमिटीले रिपोर्ट बुझाउनुपर्ने कुरा स्पष्टरूपमा उल्लेख गरिएको छ’ विनय तामाङले सरकारी आदेशको भाजपा अनि विमल गुटहरूलाई स्मरण दिलाउँदै भने।
उनले 27 सेप्टेम्बरको दिन पनि 11 वटा जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिनुपर्ने सन्दर्भमा पश्चिम बंगाल सरकारले पठाएको अनुमोदनलाई आरजीआईले दुईपल्ट खारेज गरिदिएको अनि प्उन: 14 दिसम्बरको दिन पनि गोर्खा समुदायको जातगोष्ठीको बील हालमा चलिरहेको विन्टर सेसनको सूचिमा नरहेको सार्वजनिक गरेर भाजपा अनि विमल गुरूङहरूको दुईमुखे नीति उदाङ्गो पारिदिएको पनि बताएका छन्। सोहिक्रममा आज पुन: दस्तावेजको साथमा उनीहरूको झुट जनता समक्ष उदाङ्गो पारेको तामाङले दाबी गरेका छन्।
‘हामी भाजपा अनि विमल गुरूङहरूलाई जनताको आँखा छलेर, झूट बोलेर मूर्ख बनाउने कार्य बन्द गरिदिने अपील गर्दछौ। पहाड़को जनता मूर्ख छ र हामीले भनेको सबैकुरा विश्वास गर्छ भन्ने मानसिकता त्यागेर ब्यावहारिक राजनीतिमा लागिपर्ने उनीहरूलाई सुझाउ पनि दिन चाहन्छौं’ विनय तामाङले भनेका छन्।
यसैक्रममा उनले दार्जीलिङ अनि सिक्किममा मात्र होइन तर आसाम, हरियाणा, दिल्ली, उत्तराखण्ड लगायत समग्र गोर्खा बहुल क्षेत्रहरूमा नै गोर्खा समुदायतका 11 जातगोष्ठीलाई यथाशीघ्र जनजातिको मान्यता प्रदान गरिनुपर्ने मागलाई उठान गर्दै केहि दिन अघिको मन्त्री जुअल उरावँको हालैको भीडियो रिकर्डिङमा सिक्किम अनि दार्जीलिङको मात्रै उल्लेख गरेको बताएका छन्।
‘जीटीएको सम्झौता पत्रमा नै आधिकारीकरूपमा उल्लेख रहेको 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गरिने विषयमा समेत केही नगरेर भाजपाले गोर्खाहरूलाई अझै विश्वासघात गरिरहेका छन्। भाजपा गोर्खाहरूलाई केवल भोटब्याङ्कमात्रै ठान्छन्, यसैले गोर्खा अनि दार्जीलिङ पहाड़को निम्ति उनीहरूले अहिलेसम्म केही कार्य गरेका छैनन्। यसैले आगामी 2019 को चुनाउमा देशभरिका गोर्खाहरुले भाजपाको विश्वासघातको जवाब दिनुपर्नेछ’ तामाङले भनेका छन्।
 http://www.gafsaff.com

गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विनय तामाङले संसदको चलिरहेको शितकालिन सत्रमा गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने सन्दर्भमा बील पेश नहुने खुलासा गरेका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.