November 13, 202503:47:43 PM
GNLF Chief Mann Ghisingh celebrate Maghe or Makar Sakranti

गोरामुमोले मनायो माघे संक्रान्ति, आप्पाको पाइला पैलाउदै मन घिसिङ पनि थिए उपस्थित

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज दार्जीलिङ पहाडका विभिन्न स्थान खोला किनारहरूमा माघे संक्रान्ति पालन गर्यो। यसै कार्यक्रमअनुसार, लेबोङ भेल्लीको दबाईपानीस्थित रूङदुङ खोलामा पार्टी अध्यक्ष मन घिसिङको विशेष उपस्थितिमा माघे वा मकर संक्रान्ति पालन गरियो। यस कार्यक्रमबीचै पार्टी अध्यक्ष मन घिसिङले भारतभरिका गोर्खा समुदायलाई माघे संक्रान्तिको शुभकामना पनि दिए।
उनले भने-आज दार्जीलिङ पहाडका विभिन्न स्थानका खोला किनारहरूमा गोरामुमो परिवारले यो महान पर्व पालन गरिरहेका छन्। यो पर्व पालन गर्नको लागि म यस रूङदुङ खोलामा आएको हुँ। यस स्थानमा पहिला मेरा आप्पा सुवास घिसिङ पनि आइरहन्थे अनि यहाँ भएका कामकाजहरूको देखरेख गर्थे। त्यस समय आप्पाले स्वयं बुल डोजर चलाउने गरेको कुरा स्थानीय मानिसहरूबाट सुनें। यसका साथै उनले आगामी दिन दार्जीलिङ पहाडको स्थिति राम्रो भएर जाओस्, यहाँका जनताको भविष्य उज्ज्वल भएर जाओस् भन्ने कामना गर्दै पार्टी कार्यकर्ताहरूसित खुशी बाँडे।
यसरी नै पार्टी नेता प्रभाष्कर ब्लोनले आज पार्टी कार्यकर्ताहरूले जनजाति तरिकाले मकर संक्रान्ति पालन गरिरहेको जनाउँदै यसप्रकारको पर्वले छैटौं अनुसूचीको मुद्दालाई धेरै बल पुग्ने जनाए। उनले भने-मकर संक्रान्ति भारतका विभिन्न जातिहरूले मनाउने गर्छन्, तर गोर्खा समुदायको यो पर्व पालन गर्ने तरिका अलगै छ। गोर्खा जातिको यो पर्व पालन गराई अन्य जातिसित मिल्दैन। यसैले गोर्खा जातिको यो पर्व छैटौं अनुसूची वा जनजातिसित सम्बन्धित छ। यस अवसरमा पार्टी अध्यक्ष मन घिसिङ साथै पार्टी कार्यकर्ताहरूले पूजा-पाठ पनि गरे। यसरी नै अर्कोतर्फ सुकेपोखरी-पोख्रेबुङ क्षेत्रमा पनि मकर संक्रान्ति पूर्ण भक्तिसित पालन गरियो। आध्यात्मिक मान्यता अनुसार सूर्य मकर राशीमा प्रवेश गरेको वा उत्तरायण शुरू भएको प्रारम्भिक दिनमा माघे संक्रान्ति पालन गरिन्छ। यस दिन मकर नुहाउने, वन तरूलको टीका लगाउने, एकाधिक प्रकारका कन्दमूलहरू उसिनेर खाने, तिलको लड्डु बनाउने, सेलरोटी पकाउने अनि इष्टमित्र वा छर छिमेकमा वितरण गर्ने संस्कार छ। तर विगत केही वर्षदेखि यता विशेष महत्व बोकेको मकर संक्रान्तिप्रति पहाडका मानिसहरूले उति चासो नदेखाएको स्पष्ट हुँदै गइरहेको छ।

http://pratibymba.com

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आज दार्जीलिङ पहाडका विभिन्न स्थान खोला किनारहरूमा माघे संक्रान्ति पालन गर्यो। यसै कार्यक्रमअनुसार, लेबोङ भेल्लीको दबाईपानीस्थित रूङदुङ खोलामा पार्टी अध्यक्ष मन घिसिङको विशेष उपस्थितिमा माघे वा मकर संक्रान्ति पालन गरियो।

Read latest post filed under festival

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.