सिक्किममा चामलिंगलाई सत्ताच्युत गराउन गोले र भोटिया बस्यो बैठक

PS Goley and Bhaichung Bhutia meeting
सिक्किक प्रजातान्त्रिक पार्टी (एसडीएफ) को 25 वर्षे शाषणकाललाई समाप्त गर्न सिक्किममा विपक्षी दलहरू एकहुनपर्ने जन चाहानालाई पुरा गर्ने कार्यको थालनी भएको छ। राज्यमा 25 वर्षदेखि शाषण हाँक्दै आएका मुख्यमन्त्री पवन चामलिङलाई चुनौति दिए आज सिक्किम क्रान्तिकारी मोर्चा अनि हाम्रो सिक्किम पार्टीको वैठक सम्पन्न भएको छ।

आगामी विधानसभा चुनावलाई केन्द्र गरेर बसेको दुईवटा पार्टीको उक्त वैठक सकारात्मक भएको सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष पी.एस गोले अनि हाम्रो सिक्किम पार्टीका उपाध्यक्ष भाइचुङ भोटियाले दावी गरेका छन्। वैठकमा सिक्किम राज्य अनि सिक्किमे जनताको पक्षमा चर्चा भएको भन्दै दुवै नेताहरूले वैठक फलदायक भएको अनि आगामी 31 जनवरीका दिन दोस्रोचरणको वैठक सम्पन्न हुने पनि बताएका छन्।
‘वैठक सकारात्म भएको छ। हामी सिक्किम र सिक्किमे जनताको निम्ति मिलेर कार्य गर्नेछौँ। सिक्किमे जनताको पक्षमा हामी आगामी दिनहरूमा संयुक्त कार्यक्रमहरू गर्नेछौँ। हाम्रो दोस्रो वैठक आगामी 31 जनवरीका दिन पुन: हुने भएको छ’ वैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै पी.एस गोलेले भने।
‘हाम्रो सिक्किम पार्टी र सिक्किम क्रान्तिकारी मोर्चाको यस वैठकमा सिक्किम र सिक्किमे जनताको हितका चर्चा परिचर्चा गर्‍यौँ। आगामी दिनमा सिक्किमे जनताको पक्षमा नै हामी मिलेर कार्य गर्नेछौँ’ गोलेले थप भने।
यसैक्रममा हाम्रो सिक्किम पार्टीका उपाध्यक्ष भाइचुङ भोटियाले पनि वैठक राम्रो भएको भन्दै –‘हामी मिलेर सिक्किमे जनताको निम्ति काम गर्नेछौँ’ भने। ‘अहिले जनताको जुन प्रकारको माग छ त्यस मागलाई हामी ध्यानमा राखेर सिक्किम र सिक्किमे जनताको निम्ति मिलेर काम गर्नेछौँ’ भोटियाले भने।
भोटियाले पत्रकारहरूसँग कुराकानी गर्नेक्रममा आफुहरू मुख्यमन्त्री बन्न राजनीतिमा नआएको भन्दै सिक्किक प्रजातान्त्रिक पार्टी (एसडीएफ) का नेता एवम् मुख्यमन्त्री पावन चामलिङलाई नै चौकि र पदको लोभ रहेको पनि आरोप लगाएका छन्।

http://www.gafsaff.com

सिक्किक प्रजातान्त्रिक पार्टी (एसडीएफ) को 25 वर्षे शाषणकाललाई समाप्त गर्न सिक्किममा विपक्षी दलहरू एकहुनपर्ने जन चाहानालाई पुरा गर्ने कार्यको थालनी भएको छ। राज्यमा 25 वर्षदेखि शाषण हाँक्दै आएका मुख्यमन्त्री पवन चामलिङलाई चुनौति दिए आज सिक्किम

Read latest post filed under political news, sikkim news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.