जिल्ला सूचना एवम् सांस्कृतिक विभागको
आयोजनामा 70 औँ गणतन्त्र दिवस पालन गरिएको छ। यस अवसरमा विहान कालेबुङ शहरमा
प्रभात फेरि निकालिएको थियो भने सोही अवसरमा मोटर स्ट्याण्डमा अवस्थित गान्धीको
तस्वीरमा माल्यर्पणसँगै स्वतन्त्रता सेनानी दलबहादुर गिरी, जङ्गबिर सापकोटा आदिको
सालिगमा माल्यर्पण गरेर श्रद्धाञ्जली दिइएको थियो।
दोस्रो चरणको कार्यक्रम भने
कालेबुङको मेला ग्राउण्डमा सम्पन्न भएको थियो भने दोस्रो चरणको कार्यक्रममा मुख्य
अतिथिका रूपमा उपस्थित कालेबुङका जिल्लापाल डा. विश्वनाथले राष्ट्रिय झण्डोत्तलन
गरेपछि सलामी दिएका थिए। यसक्रममा विभिन्न विद्यालय, एनसीसी क्याडेट, अग्निसम
विभाग, कालेबुङ पुलिस आदिले मार्च पास्ट प्रस्तुत गरेर राष्ट्रिय ध्वजलाई सलामी
दिएका थिए भने उक्त सलामी जिल्लापाल डा. विश्वनाथले ग्रहण गरेका थिए।
कार्यक्रममा कालेबुङ जिल्ला पुलिस
अधिक्षक धुर्वज्योति दे विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए भने जिल्ला सूचना
अधिकारी दिपक केरकेटा, कालेबुङ नगरपालिका अध्यक्ष रवी प्रधान, उपाध्यक्ष भीम
अग्रावल, लेप्चा विकास बोर्डका अध्यक्ष एल.एस तामसाङ, तामाङ विकास बोर्डका अध्यक्ष
सञ्जय तामाङ लगायत अन्य विभागीय अधिकारीवर्ग उपस्थित रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा जिल्लापाल
डा.विश्वनाथले सम्पूर्ण कालेबुङ जिल्लाबासीलाई गणतन्त्र दिवसको शुभकामना दिँदै कालेबुङका
स्वतन्त्रता सेनानी दलबहादुर गिरी, जङ्गबहादुर सापकोटासँगै अन्य स्वतन्त्रता
सेनानीहरूलाई सम्झना गर्दै उनीहरूकै योगदानले भारत स्वाधीन बनेर आज गणतन्त्र दिवस
पालन गर्न पाइरहेको बताए। यसक्रममा उनले हालमा सरकारले राज्यवासीलाई दिइरहेको
सरकारी सहुलियतहरूबारे पनि अवगत गराए।
http://www.gafsaff.com
Post a Comment
We love to hear from you! What's on your mind?