1 करोड़ 85 हजार लागतमा दार्जीलिंगको पुरानो सुपर मार्केट मरम्मति गरिने

Old Super Market Darjeeling
दार्जीलिङको पुरानो सुपर मार्केट भत्काउनुपर्ने अवस्थामा पुगिहालेको छैन।यसैले यसलाई मरम्मति मात्रै गरिने भएको छ। जसको खर्च मोठ 1 करोड 85 हजार रूपियाँ हुने दार्जीलिङ नगरपालिका अध्यक्षा प्रतिभा तामाङले जानकारी गराइन्। यसै मरम्मतिको लागि आज विधिवत पूजा गरियो भने यसको मरम्मति आगामी 4 महीनाभित्र पूर्ण गरिसक्ने लक्ष्य राखिएको पनि उनले अवगत गराइन्। यसै मरम्मतिबीच पुरानो सुपर मार्केटको सिमेन्टको छप्परलाई हटाएर जीआई सीटको छाना लगाइने भएको छ। आज यस पूजापछि नगरपालिका अध्यक्षा प्रतिभा तामाङले भनिन्-विगतमा यो भवन पुरानो भयो र यसलाई पूर्णरूपले भत्काएर नयाँ बनाउनुपर्ने कुरा उठेको थियो। तर टेक्निकल व्यक्तिहरूको परामर्श वा सर्वेक्षणपछि यसको अवस्था ठीकै रहेको थाह लाग्यो र यसलाई केवल मरम्मति मात्रै गर्ने निर्णय लिइएको हो। जसको काम आजदेखि नै शुरू गरिनेछ। यसैले यसको छप्पर हटाउने अनि बनाउने काम गर्दा सबैभन्दा माथिल्लो तलाका दोकानदारहरू केही समय हट्नुपर्नेछ। यसमा सबै दोकानदारहरूले सहयोग प्रदान गर्ने भएका छन्।

 4 तले यस भवनको तीन तलालाई पूर्णरूपले मरम्मति गरिने भएको बताउँदै उनले यसमा गेट लगाउने, देवालहरू बनाउने आदि काम पनि गरिने भएको छ। उनले भनिन्-यो भवन निकै वर्ष पुरानो भए पनि यसलाई पूर्णरूपले भत्काउनुपर्ने अवस्था छैन। यसैकारण यसलाई केवल मरम्मति मात्रै गर्नुपर्ने भएकोले आजदेखि यसको मरम्मति गर्न शुरू गरिएको हो।

 स्मरण गराइन्छ, जीटीए अनि दार्जीलिङ नगरपालिकाले दुइ वर्षअघि नै यो पुरानो सुपर मार्केटलाई भत्काएर पुनः निर्माण गर्ने निर्णयलाई फिर्ता लिएको थियो। विगत केही वर्षअघि तत्कालीन जीटीए प्रशासनले यस भवनलाई पूर्णरूपले भत्काएर नयाँ बनाउने निर्णय लिएको थियो। तर जीटीएको उक्त निर्णयको यस सुपर मार्केटमा वर्षौंदेखि दोकान चलाएर जीवन धान्ने लगभग 400 दोकानदारहरूले कठोर विरोध जनाएका थिए। यसपछि जीटीएले यो भवनलाई पूर्णरूपले भत्काउने आफ्नो निर्णयमा परिवर्तन गरेको थियो। त्यसै समय यस भवनको सिमेन्टको छानालाई हटाएर हल्का टीनको छाना लगाए उचित हुने पनि निर्णय भएको थियो। दार्जीलिङ नगरपालिकाको पूर्व बोर्डले पनि पुरानो सुपर मार्केटलाई भत्काएर पुनः निर्माण गर्ने कुनै योजना नरहेको बताउँदै यो भवन जोखिमपूर्ण अवस्था नपुगेको बताएको थियो। यद्यपि, यसको छप्पर मात्रै डरलाग्दो अवस्थामा पुगेको कारण यसको छप्परलाई भत्काएर हल्काप्रकारको छप्पर लगाउने बताएको थियो। ज्ञात रहोस्, 70-को दशकमा निर्माण भएको पुरानो सुपर मार्केटमा 188 वटा कोठा छन्। तर यस भवनमा लगभग 400 वटा दोकान, कार्यालय आदि छन्। विगतमा यसको भुइँतलामा कार पार्किङको व्यवस्था थियो भने अहिले यो भुइँतला दोकानहरूमा नै परिणत भएको छ।
http://pratibymba.com

दार्जीलिङको पुरानो सुपर मार्केट भत्काउनुपर्ने अवस्थामा पुगिहालेको छैन।यसैले यसलाई मरम्मति मात्रै गरिने भएको छ। जसको खर्च मोठ 1 करोड 85 हजार रूपियाँ हुने दार्जीलिङ नगरपालिका अध्यक्षा प्रतिभा तामाङले

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.