दुई वर्षदेखि कसैको आँखामा राम्रो निन्द्रा छैन, यो निन्द्रा मनग्गे पुग्ने गरेर सुत्ने हो भने कमलको चिन्हमा भोट दिएर जिताएको हुनपर्छ – बजगाई

BP Bajgai addressing meeting in Mungpoo
मङपु, १२ अप्रेल, राजेश थापा:  बिहिबार मुख्मन्त्री ममता ब्यनार्जी किन एक दुई लाइन नेपाली बोल्न कर पर्यो ? जसले २०१७ मा जब्बरजस्ती बंगाली भाषा थोप्न खोजेका थिए | यसको मतलब हामी एक भएको कारण उनी डराएकी हुन् | यो हाम्रो एकताको बल हो | त्यस समय बङ्गाल सरकारले जब्बरजस्ती हाम्रो भाषामाथि अतिक्रमण गर्दा जन्माएको राज्य प्रायोजित आन्दोलन अनि त्यो प्रायोजित आन्दोलनमा पिडित हामी दुई वर्षदेखि कसैको आँखामा राम्रो निन्द्रा छैन | यो निन्द्रा मनग्गे पुग्ने गरेर सुत्ने हो भने आउने चुनावमा निन्द्रै पाउनको लागी पनि कमलको चिन्हमा भोट दिएर जिताएको हुनपर्छ | उपर्युक्त कुरा चुनाव प्रचारको कार्यक्रम अन्तर्गत गोजमुमो बिमल खेमा केन्द्रीय प्रवक्ता बीपी बजगाईले आज मङपुमा आयोजित बिजेपी उम्मेदवार राजु बिष्टको चुनावी सभालाई सम्बोधन गर्दै यसो भनेका हुन् |
तिनले अझ भने, बिनय तामांग र अनित थापाले गद्दारी नगरेको भए आज हाम्रो अवस्था यस्तो हुने थिएन | आज हामी कहीं न कही लक्ष्यमा पुगिसकेका हुन्थ्यौ | अनि त्यो लक्ष्यलाई रोक्ने, लक्ष्य पुग्ने बाटो बन्द गर्ने, खेतमा जाँदै गरेको पानीलाई राजनैतिक कुलो थुन्ने अनि आज उनीहरुनै हाम्रो अघि बंगोपसागर गनाउदै आउने |
हामीले कुरा बुझ्नु पर्छ | गोर्खाल्याण्ड केवल भोटको निम्ति मागी खाने भाँडो मात्र होइन तर मागी खाने भाँडो केको लागी हुँदैछ | किन प्रत्येक चुनावमा हामीले गोर्खाल्याण्ड भन्नु पर्दैछ | किन भने हामी अहिलेसम्म पनि हाम्रो मुद्दामाथि सिरियस भएका छैनौ, हामी बिक्री हुँदैछौ | यी बिक्री हुने तत्वहरु चैं अब हामीले सबैलाई दुधबाट झिंगा निकालेको जस्तो बाहिर राखेर गोर्खाल्याण्ड माग्ने मात्रै एउट स्वर भएर अघाडि गयौं भने यसलाई कसैले रोक्न सक्दैन | हिज पानी बाराबार भएको जस्तो पार्टी आज एकभएका छौँ, एउटै स्वरमा बोल्दैछौँ | यही स्वरले हामीलाई एकदिन गोर्खाल्याण्डसम्म पुराउछ | उनीहरुसित को छ ? उनीहरुसित केवल शहिद जन्माउनेहरु मात्र छ | फरक हेर्नोस समर्थनको तिने भने |

सम्बोधनकै क्रममा गोरामुमो प्रवक्ता निरज जिम्बाले पनि बिजेपीको घोषणा पत्रको जानकारी दिंदै उक्त पत्रमा उल्लेखित ११ वटा गोर्खा जात गोष्ठीलाई जनजातिको दर्जा दिने कुरो पोलिटिकल सलुसन होइन भने | यो सोसियो इकोनोमिक सलुसन हो | हाम्रो पोलिटिकल सलुसन २१ नम्बरमा आउँछ जहाँ बिजेपीले हामी दार्जीलिंग, सिलिगुडी अनि तराई डुवर्स मूद्दाको चिरस्थायी समाधान खोज्न कटिबद्ध छौँ भनेका छन् | डाइरेक्ट गोर्खाल्याण्ड लेख्न सक्दैन, त्यो हामीले बुझ्नपर्छ | झुकाउन पर्छ राजनीतिमा, चाल पाउन हुँदैन, हाम्रो त हल्ला ज्यादा हुन्छ, सल्लाह ज्यादा हुन्छ | सुबास घिसिंगले त ल्याएको हो नि छैटौं अनुसुचि | मुसा नमारी, सिर्कुना नखाई | त्यस्तो दिमाग हुनपर्छ त राजनीतिमा | तिनलाई पग्ला भन्यो, झाँक्री नचायो भन्यो | तर तिनले एकपट्टि यसरी झुक्काइ रह्यो सरकारलाई उतापट्टि फत्ते गरिसेको थिएछ त | यस्तो प्रकारको राजनीति हुनपर्छ | एउटा रोड म्याप हुनपर्छ | यहाँ खुले आम गोर्खाल्याण्ड भनेर त लाटाले पनि दिंदैन गोर्खाल्याण्ड | वी वान्ट गोर्खाल्याण्ड भन्ने मान्छेको पनि क्षमता हुनपर्छ | जेलमा बस्दा, झुण्डाउदा, काँटी ठोक्दा, फाँसी लाग्दा पनि आइ वान्ट गोर्खाल्याण्ड भन्ने कटिबद्धता हुनपर्छ, भगतसिंहको जस्तो कटिबद्धता हुनपर्छ तब मात्र गोर्खाल्याण्ड हुन्छ | कैलाश पाख्रीनको अध्यक्षता अनि चमनसिंह प्रधानको संचालनमा संचालित सभालाई मनोज देवान, प्रताप खाती, लोपसाङ लामा, कर्णल रमेश आले, अरुण घतानी, निमा लामा, वाई लामा, जीएसएसका बन्दना राई अनि अन्यले पनि सम्बोधन गरेका थिए भने गोरामुमो नेता एनबी छेत्रीले राजु बिष्टको चुनावी प्रचारमा आगमी १५ अप्रेल दार्जीलिंगमा हुने जनसभालाई सम्बोधन गर्न भाजपा नेत्री स्मृति इरानी पनि आइपुग्ने जानकारी दिएका छन् ||

बिहिबार मुख्मन्त्री ममता ब्यनार्जी किन एक दुई लाइन नेपाली बोल्न कर पर्यो ? जसले २०१७ मा जब्बरजस्ती बंगाली भाषा थोप्न खोजेका थिए | यसको मतलब हामी एक भएको कारण उनी डराएकी हुन् | यो हाम्रो एकताको बल हो |

Read latest post filed under Election, North Bengal, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.