१७ औं दार्जीलिंग लोकसभा चुनावमा घाँस फूलको चिन्हमा पहाडका एक योग्य, इमान्दा शिक्षक अमर सिहं राईको पक्षमा गोजमुमो मङ्पु लाब्दा समष्टिको निर्देशनमा रङ्बी विभागमा १०३ अनि १०४ न० दुइवटा बुथको ४ वटा वार्डमा अविराम गतिले म्याराथन सभा क्रमैले ९ न० वार्डमा ४ वटा १० न० वार्डमा ५ वटा ११ न० वार्डमा ३ वटा अनि १२ न० वार्डमा ४ वटा गरि जम्मा १६ वटा वार्ड पकेट सभा नारी मोर्चा, युवा मोर्चा, पार्टी अनि मजदुर युनियनलाई साथमा लिएर शाखा सचिव जेपी राई अनि अध्यक्ष एचडी मोक्तानको पहलमा सम्पन्न भयो । १६ वटै पकेट सभामा सबै सघं संस्थालाई लिएर डाकिएको थियो | उक्त पकेट सभामा जनताको बाक्लो उपस्थिति रहेको थियो भने सचिव जेपी राईले प्रत्येक सभाको सम्बोधनमा अमर सिहं राई को हुन् र किन उहाँलाई हामीले घाँस फुलको चिन्हमा भोट दिनु पर्ने भन्ने कुराहरु छर्लङ्ग पार्दै स्थानीय विषयलाई नै केन्द्रित गरि मतदाताको ध्यानाकर्षण गरेका थिए | सम्बोधनमा प्रथम राजनैतिक चेतना देश काल परिस्थिति अनुरुप सिन्कोनाको दयनीय अवस्थामाथि गहिरो चिन्ता व्यक्त गर्दै, स्थानीय विकाश, राजनैतिक सुरक्षा र शान्ति श्रृङखला कायम राख्ने विषयलाई जोड दिएर मतदाताको अन्तरमनलाई छुने विषयहरु समग्रमा राखे |
धारावाहिक १६ वटा सभाहरुमा जनताबाट साथ र सहयोग प्राप्त भए पछि रङ्बी विभागका पार्टी कार्यलयमा बुथ कमिटी , भ्रातृ संगठन र कार्यकारिणी समितिको एउटा महत्त्वपूर्ण सभा बस्यो । उक्त सभाले विभागका शिक्षक शिक्षिकावर्ग अनि शिक्षासित सम्बन्धित सस्थान , अवकाश प्राप्त पुर्व सेना पुलिस अनि सम्पुर्ण साना ठुला बाहन चालक सगंठनहरुलाई पनि अमर सिहं राईलाई घाँस फुलको चिन्हमा मतदान दिई बिपुल मतले विजयी तुल्याउने हार्दिक अनुरोध सभामा सचिवले गरे । यसरी गोजमुमो रङ्बी शाखाले आफ्नो पार्टीप्रतिको कर्तव्यलाई निष्ठापुर्वक निवार्ह गरिरहेकोमा शाखाका ९० प्रतिशत जनताले मत अमर सिहं राईको पक्षमा खसाल्ने बिश्वास भएको जानकारी गोजमुमो लाब्दा मङ्पु समष्टि , खरर्सागं महकुमा समिति अनि केन्द्रीय समितिलाई अवगत पनि गराए ||

Post a Comment
We love to hear from you! What's on your mind?