Drug dealer drive out from village suntaley

नशालु पदार्थ बिक्री गर्नेलाई गाउँबाट लखेट्यो

राष्ट्रीय राजमार्ग १० ए अन्तर्गत सुन्तले हाइवेका राजा राई गरेको एक युवकलाई धेरै समयदेखि ड्रग्स अथवा नशालु पदार्थ बिक्री गरेको आरोपमा गाउँबाट लखेटेको छ | प्राप्त जानकारी अनुसार आरोपी राजा राई सुन्तले निवासी राजु राईका छोरा हुन् जसले बिगत धेरै दिनहरुदेखि ब्राउन सुगर, हिरोइन, कफ सिरप कोरेक्स र अन्य नशालु पदार्थहरु मङपु लगायत अन्य स्थानहरुतिर बिक्री गरिरहेको गाउँलेहरुले थाहा पाएको कारण धेरै अघिदेखि नै यस्ता पदार्थहरु बिक्री नगरी दिने साथै यसले कुनै ब्यक्ति बिशेषलाई मात्र असर नपरेर गाउँ घरको छबी नै धमिलो हुने कुरा बुझाउदै एकाधिक पल्ट अपिल गरेका थिए | तैपनि युवकले गाउँलेहरुको अपिललाई कुनै टेरपुच्छर नलगाई आफ्नो धन्दा नछोडी बिक्री गरिरहेको हुँदा आज बिहान करिब ९ बजे स्थानीय समाज नवीन ग्राम सुधार समितिले आरोपी राजा राई साथै तिनको पत्नीलाई गाउँ छोड्ने कडा निर्देश दिएका थिए | समाजले गाउँ छोड्ने यस्तो निर्देश दिए कि यदि दुई महिनाभित्रमा गाउँ समाजमा बसेर यस्तो सामाजिक विकृतिको धन्दा छोडेर आफ्नै दाजु भाईहरुलाई बिगार्ने नशालु पदार्थहरुको बिक्री छोडे मात्र गाउँ फर्किने कडा निर्देश दिएको जानकारी समाजका सभापति विध्या पाख्रीनद्वारा प्रेसित एक विज्ञप्ति मार्फत जनाएको छ | यता आरोपी राजा राई अनि तिनको पत्नी अपरान्ह 2 बजेतिर गाउँ छोडी सिलिगुडीतिर गएको जानकारी प्राप्त छ ||

राष्ट्रीय राजमार्ग १० ए अन्तर्गत सुन्तले हाइवेका राजा राई गरेको एक युवकलाई धेरै समयदेखि ड्रग्स अथवा नशालु पदार्थ बिक्री गरेको आरोपमा गाउँबाट लखेटेको छ | प्राप्त जानकारी अनुसार आरोपी राजा राई सुन्तले

Read latest post filed under mungpoo news, regional news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.