Sabhasad Ratan Thapa return back to Mungpoo for lok sabha election 2019

पुर्व सभासद रतन थापा दुई बर्षपछि पुनः नेतृत्व सम्हाल्न आए मङपु

लाब्दा मङपु समष्टि पूर्व सभासद रतन थापाले २००३ देखि मङपुमा जनसम्पर्क अभियान शुरु गरेर राजनैतिक करियर मङपूबाट शुरु गरेका थिए भने विगत गोर्खाल्याण्ड आन्दोलनको समय २०१७ साल देखि पार्टीभित्र नै  अन्तरकलह भएर दुई साल अघि रतन थापाले मङपु छोडेर सिटोङ लाठ समष्टि गोजामुमो २ मा नेतृत्व गर्दै आइरहेका थिए | तिनी गोजामुमो २ भित्र नै रहेर सिटोङ लाटपन्चर समष्टिमा नेतृत्व गर्दै आइरहेता पनि   २८ मार्च२०१९  देखि फेरि पनि मङपु लाब्दा समष्टिमा नेतृत्व सम्हालन शुरु गरेको छ | यस विषयमा सभासद थापा संग बुझ्न चाहँदा पार्टीका उपाध्यक्ष अनीत थापाले नै मङपुमा निम्ताएर २८ मार्चदेखि टीएमसी अनि मोर्चाको सयुक्त पार्टी कार्यलय खोलेर मङपु लाब्दा समष्टिमा मोर्चा पार्टी नेतृत्वको निम्ति पदभार सम्हाल्न लगाएको  बताए | सयुक्त चुनावी प्रचार प्रसार पार्टी कार्यलय मङपुमा थापाको साथमा पुर्व पार्षद के.बी गुरुङ,टीएमसी शीर्ष नेतृत्व रेजिना गुरुङ,किरण ब्लोन,रतन लामा,मनोज सुब्बा, मोर्चा नेता राम पोख्रेल, केन्द्रीय समिति सदस्य, मिरेन लामा, जीटीए जनसम्पर्क अधिकारी आरबी लामा उपस्थित थिए भने चुनाव अवधि भरि पार्टी कार्यलयमा पदभारको निम्ति सयुक्त रुपमा टिएमसीबाट सचिव रतन लामा अनि सभापति राम पोख्रेललाई चुनिएको जानकारी रतन थापाले दिएको छ | यसरी नै पूर्बपार्षद के.बी.गुरुङले हालमा सिटोङ लाठपन्चर समष्टि गोजामुमो २ मा नेतृत्व गरिरहेको र गोजामुमो प्राथी अमरसिह राईलाई हरसम्भव बिजय हासिल गराउन प्रचारप्रसारमा जुटीरहेको जानकारी दिएको छ | सभासद थापाले पनि अमरसिह राईलाई जिताउनको निम्ति दिन रात कसरत गरिरहेको र आफुले दुई बर्षपछि मङपूमा आएर विपक्षीमा गएका कार्यकर्ताहरु पुनः  गोजामुमो २ मा फर्की आएको र आज मात्र मङपु सिम्लेका पार्टी कार्यकर्ता भारीमात्रामा पार्टी भित्र आएको जानकारी गराएको छ ||

लाब्दा मङपु समष्टि पूर्व सभासद रतन थापाले २००३ देखि मङपुमा जनसम्पर्क अभियान शुरु गरेर राजनैतिक करियर मङपूबाट शुरु गरेका थिए भने विगत गोर्खाल्याण्ड आन्दोलनको समय २०१७ साल देखि पार्टीभित्र नै अन्तरकलह भएर दुई साल अघि रतन थापाले मङपु छोडेर सिटोङ लाठ समष्टि गोजामुमो २ मा नेतृत्व गर्दै आइरहेका थिए |

Read latest post filed under Election, mungpoo news, political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.