कुकुरलाई एन्टीरेविज भेस्सिन साथै वंश वृद्धि नियन्त्रण क्याम्प सम्पन्न

Anti Rabies and Animal Birth Control for Dog Camp held in Mungpoo
सौगात हाट मङपु अनि मङपु युथ क्लबको संयुक्त प्रयासमा आज एन्टीरेविज भेस्सिन अनि एनिमल बर्थ कन्ट्रोल (Anti Rabies and Animal Birth Control for Dog Camp held in Mungpoo) को सल्य क्रिया सम्पन्न भयो | यहाँको बस स्ट्याण्डमा आयोजित उक्त कार्यक्रममा मङपु नालीडाँडा क्षेत्रमा भएका भुस्या कुकुरहरुलाई नि:शुल्क रुपमा एन्टीरेविज भेस्सिन र वंश वृद्धि नियन्त्रणको शल्य क्रिया गरिएको थियो भने मालिक भएका अन्य कुकुरहरुलाई सस्तो दरमा ती कार्यहरु गरियो | सौगात हाट अनि मङपु युथ क्लबका सदस्यहरुको सहभागिता साथै सहयोगमा दार्जीलिंग एनिमल सेल्टरमा आएका पशु डाक्टर मिहिर मजगस्कर साथै अन्य सहयोगी कर्मचारीहरु रुद्रराज थापा, वाङगेल तामांग अनि नरेन प्रधानद्वारा कुकुरहरुलाई भेस्सिन साथै शल्य क्रिया सम्पन्न गरिएको थियो | यता आयोजकको पक्षमा सन्दीप तामांगले क्षेत्रमा दिनोदीन बढ्दै गइरहेको भुस्या कुकुरहरुको रगरगी साथै यसको टोकाईबाट हुने रेविज इन्फेक्सनलाई रोक्ननै यस प्रकारको क्याम्प आयोजन गरिएको बताएको छ भने आयोजकले यो सित तेश्रो वर्ष कार्यक्रम गरेको जानकारी प्राप्त छ |
आज २०० बन्द अधिक कुकुरहरु माथि सो कार्य सम्पन्न भयो भने उक्त कार्यक्रममा आयोजकको पक्षमा दिब्य बोम्जन, मंजय गुरुङ, आदित्य गिरी, गगन राई आदिको उपस्थिति रहेको थियो ||

सौगात हाट मङपु अनि मङपु युथ क्लबको संयुक्त प्रयासमा आज एन्टीरेविज भेस्सिन अनि एनिमल बर्थ कन्ट्रोल (Anti Rabies and Animal Birth Control for Dog Camp held in Mungpoo) को सल्य क्रिया सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.