छुदेन
काविमोद्वारा लिखित उपन्यास ‘फातसुङ’-को आज सर्वजनिकरण गरिएको छ। नेपालको
फाइनप्रिन्ट अनि भारतमा सम्बोधन पब्लिकेशनले प्रकाशित गरेको उपन्यास फातसुङको आज
कालेबुङमा होम लञ्च गरिएको हो।
‘दार्जीलिङ
पहाडवासीले दुईवटा ठूलो आन्दोलन भोगिसकेका छन्। परिचयको आन्दोलन पहिलोपल्ट अस्सीको
दशकमा भएको हो। त्यस आन्दोलनले हामीलाई धेरै प्रभाव पारेर गएको छ। त्यहीँ माटोको
आन्दोलनलाई युवा सर्जक छुदेन काविमोले आख्यानमा उतारेका छन्। जुन आख्यान अब हाम्रो
निम्ति एउटा आन्दोलनको एउटा दस्तावेज पनि हो’- उपन्यास फातसुङबारेमा बोल्दै सर्जक सुधीर
छेत्रीले भने।
‘छुदेनले
पहिलो आन्दोलन व्यवहारिक रूपले भोगेनन्। तर, उनले आख्यानमा आन्दोलनको घट्नाहरू
जसरी उतारेका छन् त्यो साँच्चै प्रशंसनीय रहेको छ’ सुधीर छेत्रीले अझ भने –‘राजनारयण
प्रधानका भाषा शैली पाउने फातसुङ कथाको बुनोट पनि उत्तिक बेजोड रहेको छ।’
यता
कार्यक्रममा सर्जक छुदेन काविमोसँग कवि प्रदीप लोहागुणले गरेको कुराकानीको क्रममा
भने उनले आफ्नो पहिलो कथासङ्ग्रह 1986 प्रकाशित भएपछि आफ्ना पाठकहरूले उपन्यास
लेख्ने आग्रह गरेपछि उपन्यास लेखनमा लागेको बताएका छन्। ‘फातसुङ माटोको कथा हो।
आफु जन्मेर जे जस्तो सामाजिक परिवेशमा हुर्केर त्यहाँ भोगेका कुराहरूलाई नै
उपन्यासमा लेखिएको छ’ छुदेनले भने।
‘मैले
उपन्यास लेख्नका निम्ति धेरै जीभीसीहरूसँग भेटघाट गरेर कुराकानी गरेँ।
गोर्खाल्याण्ड आन्दोलनका एकजना नेता छत्रेसुब्बासँग पनि भेट गरे। त्यसपछि सबैलाई
निफनेर उपन्यासलाई जीवन्त बनाएर लेख्ने प्रयास गरेको छु’ फातसुङका सर्जक छुदेन
काविमोले उपन्यास लेखनको पृष्ठभूमि केलाउँदै भनिरहेका थिए।
उनले
फातसुङको मूल कथा अघिबाटै लेखिसकेपछि आखिरमा अघिल्लो भाग अनि पछिल्लो भाग लेख्न
भने धेरै समय खर्चन परेको थियो। ‘उपन्यासलाई कसरी प्रभावकारी ढङ्गमा प्रस्तुत
गर्नुपर्ने हो? भन्ने प्रश्नले म आफै चिन्तित थिएँ। त्यसैकारण मैले लेखेको कुरामा
जबसम्म आफै सन्तुष्ट हुन सकिन तबसम्म एकाधिकपल्ट लेखिरहेँ’ छुदेनले अझ भने – ‘मैले
लेखेको कुरामा म आफै सन्तुष्ट हुन सकिन भने पाठक झन् सन्तुष्ट बन्न सक्दैनन्। यसैकारण
धेरैचोटि उपन्यासको सुरूवात र अन्तको कुराहरू लेख्दै च्यातेर फ्याँकिरहे।’
कालेबुङको
आपास रेसिडेन्सिमा आयोजित सार्वजनिकरण कार्यक्रममा कवि मोहन ठकुरी, कवि राजेन्द्र
भण्डारी, कवि मनप्रसाद सुब्बा, कथाकार उदय थुलुङ अनि सर्जक छुदेन काविमोकै
बाहुलीबाट उपन्यास ‘फातसुङ’-को सार्वजनिकरण भएको थियो। यस अवसरमा सम्बोधन
पब्लिकेसनका सूरज रोसुरीले फातसुङ प्रकाशक पछि आफु साँच्चै प्रकाशन बन्न सकेको सन्तुष्ट
मिलेको बताए।
http://www.gafsaff.com/
Post a Comment
We love to hear from you! What's on your mind?