गोरामुमो मङपु जोनको सभा सम्पन्न

Gorkha National Liberation Front GNLF flag
गत आइतबार गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपु जोनको सभा कैलाश पाख्रीनको सभापतित्वमा सम्पन्न भयो | सभामा रङजुभेल्ली, लाब्दा बस्ति, ७४ धुरा, लाब्दा विभाग, रेसेप, सिम्ले मङपु विभाग, रङबी विभाग अनि रोङचोङ क्षेत्रबाट प्रतिनिधिवर्ग उपस्थित रहेका थिए | प्रथममा गोरामुमो पार्टीलाई मङपु क्षेत्रमा १९८६ देखि डोहोराउदै आउने स्वर्गीय दिलिप राईको आत्म शान्तिको निम्ति दुई मिनटको मौन प्रार्थना गरियो साथै मङपु क्षेत्रको १४ वटा मतदान केन्द्रहरुको रिपोर्ट लिइयो | यसको साथै दार्जीलिंग विधानसभा उप चुनावमा बीजेपी उम्मेदवार बनेका निरज जिम्बालाई शुभकामना प्रकट गर्दै तिनले अवश्यै भोट जित्ने आशा प्रकट गरे | सभालाई रोङचोङ क्षेत्रबाट हरि न्युपाने, गणेश ठकुरी, विशाल दास, विनोद छेत्री, चमन प्रधान, रितेश तामांग, ज्ञानदीप राई, दीपकर राई, अल्वर्ड तामांग आदिले सम्बोधन गरेका थिए | यसै सभामा खरसाङ ब्रान्च कमिटिको सल्लाह अनुसार मङपु जोन अधिनस्थ सम्पूर्ण शाखालाई पुरानो कमिटि विघटन गरि नयाँ कमिटि गठन गरिनु पर्ने प्रस्ताव पारित भएको छ ||

गत आइतबार गोर्खा राष्ट्रीय मुक्ति मोर्चा मङपु जोनको सभा कैलाश पाख्रीनको सभापतित्वमा सम्पन्न भयो | सभामा रङजुभेल्ली, लाब्दा बस्ति, ७४ धुरा, लाब्दा विभाग, रेसेप, सिम्ले मङपु विभाग, रङबी विभाग अनि रोङचोङ क्षेत्रबाट प्रतिनिधिवर्ग उपस्थित रहेका थिए |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.