गोरामुमो प्रवक्ताले आफ्नो फेसबुक एकाउन्टमा यसरी लेखेका छन् :-
श्रीमान जे•बि•तामंगका वक्तव्य लिएर जे पनि गुनासो भइरहेछ त्यो खेदको विषय हो। उनले आफ्नो मन्तव्य पोखे होलान् कुनै सभामा तर गठबन्धनको धर्म हामी पालन गर्ने नै छौं। यो नगरपालिकाका बोर्ड गठन हुँदा उनीहरू GJMM (1) कै थिए। तेतीबेला हाम्रो गठबन्धन थिएन।समाजको दलालहरू र असामाजिक तत्वहरूलाई निमिट्यान्न पारेर हाम्रो जातीय एकता कायम राख्न बंगाललाई चुनौती दिन तयार भएका यो गठबन्धन् बरकरार रहनेछ। गठबन्धनले ताकेको दुइटै लक्ष्य छ अनि त्यो पूर्ण नभईन्जेल हामी साथ रहनुपर्छ भन्ने वोध हामीलाई राम्ररी नै थाह छ तर कुनै पनि ठूला - ठूला निर्णय लिनुपर्यो भने सहयोगी दलहरूले आपस्तमै मिलेर लियो भने गठबन्धनमा कहिले वाधा उत्पन्न हुने छैन भन्ने हामी GNLFका पक्षधरहरूले विश्वास राख्दछौं।
स्थितिलाई हेर्दा जेबी तामांग बाहेक अहिलेसम्म कुनै गोरामुमो नेताले यस प्रकारको गठबन्धनमा फाँट आउने वयान साथै अविश्वासी वक्तब्य दिएको पाइएको छैन |
तामांगको वयानलाई नियाल्दा तिनले पार्टीको शिर्षस्थ नेतृत्वसंग सम्पर्क नराखी आफ्नै पार्टीको शिधान्तलाई भुलेर माथि चडी स्वतन्त्र बोलेको पनि बुझ्न सकिन्छ | तिनको वयान फेसबुकभरि भाइरल भएपछि गोर्खा एकता बनिसकेको अवस्थामा यस्तो वयान सुन्दा जनता रिसाएको र तिनलाई गाली गरेको कमेन्टबाट बुझ्न सकिन्छ | "तिनी पक्रा पर्दा थाना घेराउ गर्ने गोरामुमोको मात्र समर्थक थिएन हामी सबै थियौं", " निरज जिम्बा र राजु विस्टको जीत भाजपाको या कुनै पार्टीको जीत होइन गोर्खा जातिको हो " - यसरी रिसाएका छन् फेसबुकमा |
गोरामुमो युनियन एक जना नेताले असन्तुष्टि देखाउंदैमा यता कतिपय समचार मध्यमतिर भने गोजमुमो १ र गोरामुमोमा गतिलै फाटो आएको हल्ला फैलिन थालेको छ |
प्रतिविम्ब न्यूज अनुसार यस्तो समाचार छ -
गोरामुमो-गोजमुम
* विमलपन्थी गोजमुमोले निरज जिम्बालाई भोट पनि दिएनः जेबी तामाङ
* यस्तो वक्तव्यले गठबन्धनमा फाटो आउँछः विमल गुरूङ
* स्थायी समाधान नभएसम्म जारी रहन्छ गठबन्धनः अजय एड्वर्ड
चुनाउपछि गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोमाझ देखिएको अप्रत्यक्ष चिरामा जेबी तामाङको वक्तव्यपछि गतिलै फाटोमा परिणत भएको छ। तरै पनि गोरामुमोको शीर्ष नेतृत्वले यसलाई समर्थक स्तरको व्यक्तिगत विचार हो भन्ने स्पष्टीकरण दिएको छ। हिजो एक सभालाई सम्बोधन गर्ने क्रममा गोरामुमोको श्रमिक संगठन एचपीडब्लुयू (हिमालयन प्लान्टेशन वर्कर्स युनियन)-का कार्यकारी अध्यक्ष जेबी तामाङले विनलपन्थी गोजमुमोले गोरामुमोको काँधमा चडेर बन्दुक पड्काएको आरोप लगाएपछि गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोमाझको सम्बन्धमा गतिलै फाटो आएको स्पष्ट भएको छ।
जेबी तामाङको यस्तो वक्तव्य सार्वजनिक भएपछि भूमिगत गोजमुमो नेता विमल गुरूङले पनि एक अडियो जारी गरेर भाजपा उम्मेद्वार राजु विष्ट र निरज जिम्बाको जीतमा कुनै एउटा पार्टीको मात्रै योगदान नरहेको बताएका छन्। जसमाथि आज गोरामुमो नेता अजय एड्वर्डसित प्रश्न गर्दा उनले गोरामुमो र विमल गुरूङपन्थी गोजमुमोका शीर्ष नेतृत्वमाझ सम्बन्ध असल रहेको बताउँदै दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान नभएसम्म यो गठबन्धन जारी रहने बताए।
अर्कोतिर जेबी तामाङले स्पष्ट शब्दमा विमल गुरूङपन्थी गोजमुमोलाई साँपको संज्ञा दिएका छन् अनि साँपलाई जति नै दूध पिलाए पनि एक दिन ठुँग्छ नै भनेका छन्। उनको यस्तो वक्तव्यबाट गोरामुमो र विमलपन्थी गोजमुमोमाझ गतिलै फाटो आएको स्पष्ट भएको छ। तामाङले भनेका छन्-गोरामुमो-1 (विमलपन्थी गोजमुमो)-ले गोरामुमोको ढाँडमा चडेर बन्दुक पड्काउने काम गरिरहेको छ। यसैले गत लोकसभा चुनाउ र विधानसभाको उपचुनाउमा भाजपा उम्मेद्वारहरूको
यसैले गोरामुमो नेता अजय एड्वर्डले जीटीए खारेज गर्नुपर्ने, नगरपालिकाका नगरपार्षदहरू स्वतन्त्र बस्नुपर्ने वा दल परिवर्तन गर्नुपर्ने वक्तव्य दिनसाथ गोजमुमो-1-का नगरपार्षदहरूले हत्तार-हत्तार दार्जीलिङ नगरपालिकामा गएर अविश्वास प्रस्ताव ल्याउने माग गरेका हुन्। नत्र, उनीहरूले गोरामुमोसित सल्लाह गर्नुपर्ने थिएन? यसैले अब गोरामुमोले गोजमुमो-1-लाई बोकिरहने कुनै काम नै छैन। भाजपाका उम्मेद्वारहरूला
यति मात्रै होइन, तामाङले चियाश्रमिकहरूला
यसै सम्बन्धमा आज गोरामुमो केन्द्रिय समिति नेता अजय एड्वर्डसित प्रश्न गर्दा उनले भने-यस्तो समस्या कार्यकर्ता स्तरमा छ, तरै पनि पार्टीको शीर्ष स्तरका नेताहरू एकसाथ छन् अनि गत चुनाउमा गठन भएको गठबन्धन दार्जीलिङ पहाडको लागि स्थायी राजनैतिक समाधान नभएसम्म यथावत रहनेछ। हिजो जेबी तामाङले जुन वक्तव्य दिएका छन्, त्यो उनको व्यक्तिगत बयान हो। तरै पनि पार्टीले कार्यकर्ताहरूला
Post a Comment