मङपु विभाग गोपाल धुरा स्थित छोइखोरलिङ सार्वजनिक बौद्ध गुम्बामा प्रथम धर्मचक्र प्रवर्तन अनि गुरु रिम्पोछेको जन्मतिथिको अवसरमा दुई दिवसीय वज्र गुरु जप कार्यक्रम सम्पन्न भयो | अखिल भारतीय महायाणा बौद्ध म्हाणिपा संघ मङपुर शाखाको आयोजनामा सम्पन्न भएको उक्त धार्मिक अनुष्ठान ५ अनि ६ अगस्तको दिन वज्र गुरु जप महायान बौद्ध लामा संघका महासचिव लोपें साङग्ये छोफेल दार्जीलिंगको अगुवाईमा सम्पन्न भएको थियो | यस वज्र गुरु जपमा मङपु वरिपरिका बौद्ध – अबौद्ध सबै धर्मावलम्वीहरुको उपस्थिति रहेको अवधि प्रत्येक दिन लोपेनला द्वारा धार्मिक प्रवचन सुनाउदै यस हिमाली भेकका महायानी बौद्धहरुको निम्ति गुरु रिन्पोछेले गरेका अनेकौं धार्मिक विकास संरक्षणको पूर्ण जानकारी गराएर गुरु रिन्पोछेको जीवनी सुनाएका थिए | यसको साथै वज्र जाप गर्नाले अहिलेको समयमा असामयिक दुर्घटनाबाट, बाहिरी भित्री विघ्न वाधा नष्ट भइ सर्व पशु प्राणी अनि जन कल्याण हुने पनि बताएको जानकारी संघका सभानेत्री स्मृति तामांगले दिएका छन् ||
गोपाल धुरा गुम्बामा दुई दिवसीय वज्र गुरु जप सम्पन्न
06Aug2019



Post a Comment