मङपु, ८ अगस्त, निस: सुचना एवम सांस्कृतिक विभाग दार्जीलिंग पश्चिम बङ्गालको आयोजनामा कविगुरु रबिन्द्रनाथ ठाकुरको पुण्यतिथि भब्यताको साथ मङपु स्थित रबिन्द्र संग्राहलयमा पालन गरियो | दार्जीलिंग जिल्लापाल दिपाप प्रियाको मुख्य आतिथि रहेको कार्यक्रममा जगदीश रोय सुचना एवम संस्कृतिक विभाग अधिकारी, एडीएम निबिल इश्वरी. कौशिक सिन्हा महकुमा अधिकारी दार्जीलिंग, दिलकुमारी सार्की मह्कुमा अधिकारी खरसाङ, पेमा लामा भोटिया, तकदाह खण्ठ विकास अधिकारी, गोपाल लामिछाने सिन्कोना व्यवस्थापक, लिना सुब्बा बोटानिष्ट आदि मुख्य रुपले उपस्थित रहेका थिए | शुरुमा प्रमुख अतिथि जिल्लापाल दिपाप प्रियाको बाहुलीबाट कविगुरुको तश्वीरमा माल्यार्पण साथै दीप प्रज्वलन गरियो |
यसै कार्यक्रमको अवसरमा प्रमुख अतिथि, विशिष्ट अतिथि आदिको बाहुलीबाट वृक्ष रोपन पनि गरियो । सम्बोधनमा दार्जीलिङ जिल्लापाल दिपाप प्रियाले रविन्द्र संग्राहलय, वरिपरिका क्वाटर, भवन सबैनै चाडो नविनिकरण गरिने जनाए भने आगमी दिसम्बर महिनामा मङपु, सिटोङ अनि लाठपन्चथ भेकलाई बिशेष प्रमुखता दिंदै जोगीघाटमा तीन दिवसीय पर्यटन उत्सव भब्य रुपमा आयोजन गरिने पनि बताएकी छन् । पुण्यतीथि अवधि सेन्ट एन्थोनी स्कुल मङपु र केएन मेमोरियल स्कुल सिटोङले सांस्कृतिक लोक नृत्य प्रस्तुत गरेका थिए साथै कोलकाता, सिलिगुडी, दार्जीलिंग, खरसाङबाट आएका कलाकारहरुले रविन्द्र संगीत अनि रविन्द्र नृत्यहरु प्रस्तुत गरेर विश्वकवि रविन्द्रनाथलाई सश्रद्धा स्मरण अनि श्रधान्जली चडाए |
Post a Comment