घिसिङलाई विमलको चेतावनी 19 देखि अर्को चरणको आन्दोलन हुनेछ-विमल

गोरामुमो प्रमुख सुवास घिसिङ दार्जीलिङ पुग्दा गोरजमुमो प्रमुख विमल गुरूङ कालेबुङ आइपुगे। तिनले भोटिया ट्राइबल, ट्राइबल एशोसिएसन, शेर्पा एशोसिएसन डेण्ड्रुग किदूले संयुक्तरूपमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भने, सुवास घिसिङ पहाड़ चढ्यो भन्दैछ, तिनी आउन्‌। अहिले चुनाउको आचार संहिताले हाम्रो हात बॉंधेको छ। कानून र आचार संहिताको कदर गर्छौं तर याद राखोस्‌ 18 अप्रेलदेखि उता हाम्रो अर्को चरणको आन्दोलन हुनेछ। तिनले सुवास घिसिङलाई नै लक्ष्य गर्दै यसप्रकारका चेतावनी दिए कि अहिले मोर्चा आचार संहिताको कारण केही गर्न सक्दैन तर चुनाउ सक्ने वित्ति कै मोर्चा फेरि आन्दलनमा उत्रिन्छ अनि त्यसबेला घिसिङलाई जनताले सही जवाब दिनेछन्‌। यद्धपि तिनले कुनै अशान्ति नहुने पनि बताए। तिनले भने, हामीले रिजेक्ट गरिसकेकाहरूको उत्थान गर्नु हुँदैन। यहॉं हामीले खेदाएकाहरू फेरि आएका छन्‌ रे। 19 देखि अर्को चरणको आन्दोलन हुन्छ, सबैले याद राखोस्‌। तिनले सुवास घिसिङलाई बङ्गाल प्रशासनले पूर्ण सुरक्षा दिएर पहाड़ हुलेकोमा आपत्ति जनाउँदै भने, घिसिङ को हुन्‌ र बङ्गालले यति सुरक्षा दिइरहेको छ? प्रधानमन्त्रीले पनि यति सुरक्षा पाएका छैनन्‌। मेरो त सुरक्षा गार्ड पनि फर्कायो। भन्यो कि केश छ अरे ममाथि, गार्ड राख्नु हुँदैन अरे। घिसिङले 12 सयको हत्या गरेका छन्‌ के घिसिङको केश छैन? उनको केश कहिले विड्र भयो? यो त अन्याय हो। तिनले अझ भने, मलाई पदयात्रा गर्नमा रोक लगायो, जङ्गलमा 144 धारा लगायो  अनि गोली ठोक्यो। बङ्गालमा अन्धा कानून छ। तिनले सी.के प्रधानको हत्या गर्नेहरू खुल्लम खुल्ला हिँड़िरहेको आरोप लगाउँदै भने, कालेबुङमा खेदाएकाहरू छिरेका छन्‌ अरे, सी.के प्रधानका हत्या गर्ने छिरिङ शेर्पा खुल्ला छाती गरेर हिँड़िरहेका छन्‌। उनीहरूलाई बङ्गालले किन रोक्दैन? अब जनता सतर्क हुनुपर्छ। हामी हिंसा चहॉंदैनौं। तिनले भोटिया शेर्पा वा कुनै पनि समुदायसित विश्वासले जोड़िएर बसेको भए पनि अहिले चलिरहेको हुरीदेखि सबैलाई जोगिएर बस्नुपर्ने पनि बताए। तिनले आफू भोट माग्न नआएको तर सबैले बुझेर भोट दिनुपर्ने बताउँदै भने, यसपाली तर्क गर्न सक्ने हर्कबहादुर छेत्रीलाई विधानसभा पठाउँदैछौं। तिनले गोर्खाल्याण्डको निम्ति काम गर्नेछन्‌। काम गर्न नसके फर्काइनेछ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.