लेप्चाहरूले गरेको भोट वहिष्कारको कुरा चुडान्त नरहेको दाबी गोर्खाल्याण्डमा नै सबै समस्याको समाधान छ-विमल

कालेबुङ,8 अप्रेल
पहाड़का भूमिपुत्र लेप्चाहरूको भाषिक, साहित्यिक, समाजिक, शैक्षिक कुनै पनि क्षेत्रको विकासको निम्ति बङ्गाल सरकार र केन्द्रले वास्ता नगरेकोले लेप्चाहरूले यसपालीको विधानसभा चुनाउलाई बहिष्कार गरेको सिलगढ़ीबाट इण्डिजिनस लेप्चा ट्राइबल एशोसिएसनले घोषणा गरेपनि आज इण्डिजिनस लेप्चा ट्राइबल फोरमका अध्यक्ष पवल सिमिकले यो घोषणा नै चुड़ान्त नरहेको स्पष्ट पारेका छन्‌।
आज बिहान इण्डिजिनस लेप्चा ट्राइबल एशोसिएसनका अध्यक्ष ल्याङसोङ तामङसाङ अनि मोर्चा अध्यक्ष विमल गुरूङबीच गोप्य बैठक भएको थियो भने दिउँसो विमल गुरूङले जिल्लाभरिका लेप्चा प्रतिनिधिहरूसित सेन्टेनेरी हलमा भेटघाट गरेका थिए। सोही भेटघाट क्रायक्रममा सिमिकले हिजो गरिएको घोषणा नै चुडान्त नरहेको स्पष्ट पारेका हुन्‌। गुरूङ र तामसाङबीच के के कुराकानी भयो दुवैपक्षले खुलासा गर्न चाहेनन्‌। हिजो लेप्चाहरूले भोट नहाल्ने घोषणा गरेपछि विमल गुरूङले आज लेप्चा प्रतिनिधिहरूसित भेटघाट गर्न चाहेको अनि तिनलाई सम्मान गर्दै आफूहरूले गुरूङसित भेटघाट गरेको तामसाङले बताए। गुरूङले केवल तामसाङसित मात्र भेटेनन्‌ तिनले जिल्लाभरिका लेप्चा प्रतिनिधिहरूसित पनि भेटे। लेप्चा प्रतिनिधिहरूसित गुरूङले भेटघाट गरेपछि नै भोट नहाल्ने कुरा चुड़ान्त नरहेको फोरमले घोषणा गरेको छ। पवल सिमिकले भने, दाम्रा दाबीहरूलाई दुवै सरकार मात्र होइन राजनैतिक दलहरूले पनि अनदेखा गरे। आज विमल गुरूङले भेट्‌न चाहे, हामी खुशी छौं। अझ भोट आउन दस दिन छ। भोट नहाल्ने कुरा नै चुड़ान्त होइन। यता विमल गुरूङले पनि लेप्चा समुदायसित कुराकानी गर्दै भने, हामी गोर्खाल्याण्डको आन्दोलन गरिरहेका छौं। आज तपाईँहरूले मलाई दस्तावेज चढ़ाउनु भयो। ठीक ठाउँमा चड़ाउनु भयो। केन्द्र र राज्यलाई भनिरहनु पर्दैन। राज्य भएपछि सबै कुराको समाधान भइहाल्छ। डा.हर्कबहादुर छेत्री विधायक भएर गएपछि तपाईंहरूको आधा समस्या समाधान हुनेछ। अहिले हाम्रोमा व्यवस्था छैन। व्यवस्था आएपछि सबै कुराको समाधान भइहाल्नेछ। दिल्ली र कलकत्तामा होइन कुरा दार्जीलिङमा नै मिल्छ। कुरा टेवलमा ल्याइनु पर्छ। हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ। म शासन चलाउने भए दिने थिएँ। आन्दोलन गर्दैछु। सहयोग गर्नुपर्छ। तिनले मोर्चाले प्राधिकरणको कुरा छोड़िसकेको अनि जबसम्म विमल गुरूङ रहन्छ तबसम्म गोर्खाल्याण्ड बाहेक कुनै पनि कुरा नहुने पनि बताए। तिनले भने, अब प्राधिकरण भन्यो भने मलाई श्राप लाग्नेछ। किन भने तीन जना गोर्खाल्याण्डको निम्ति शहीद भएका छन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.