सिटोङ-3 ग्राम पञ्चायतको रोलकमा भेटिएको प्रागैतिहासिक हड्डी चर्चाको बिषय बन्यो

मनोज वोगटी,28 अप्रेल: एउटै दॉंत यत्रो? के को दॉंत होला यो? कतै डाइनोसरको दॉंत त होइन? हो, बाटो खन्दा अत्यन्तै पुरानो अनि दॉंतको आकारको हड्डी भेटेपछि अहिले सबैले यस्तै प्रश्नहरू गरिरहेका छन्‌। सिटोङ-3 ग्राम पञ्चायतको रोलकमा सयदिने बाटो खनन्‌ कार्यको अवधी भेटिएको पौराणिक हड्डीले सबैमा यस्तो जिज्ञासा उत्पन्न गरेको छ, जसले कालेबुङ क्षेत्रमा पौराणिक कालमा डाइनोसर जस्ता अति विशाल प्राणी थियो भन्ने कुरालाई इङ्गित गरिरहेको छ।
15दिन अघि भेटिएको यो हड्डी कुनै यस्तो प्राणीको दॉंत जस्तो देखिन्छ, जो अहिलेसम्म संसारमा रहेका विशाल प्राणीहरूभन्दा पनि अति नै विशाल थियो। केवल एउटा दॉंत जस्तो देखिने यो हड्डी दुइकिलो दुइसय ग्रामको रहेको छ।
यसको लमाई 23 सेन्टिमिटर रहेको छ भने चौडाई 15 सेन्टिमिटर छ। कुनै विशाल प्राणीको एउटा दॉंत यत्रो भेटिएपछि त्यो प्राणी कति विशाल थियो होला भन्ने अनुमान सबैले लगाइरहेका छन्‌। यो हड्डी ढुङ्गा होइन, दॉंत नै हो-हड्डीलाई 15 दिनदेखि आफूसित राख्दै आएका रोलकका डुपछिरिङ लेप्चा बताउँछन्‌। मैले यसलाई जलाएँ, यो जल्यो अनि धुँवा पनि निस्कियो।
हेर्दा यो कुनै विशाल घॉंस खाने प्राणीको दॉंत जस्तो देखिन्छ। गॉंस खाने प्राणीको दॉंत यस्तो च्याप्टो हुन्छ- तिनले थपे। मासुमा गाड़िएको भाग निक्कै कुहिसकेको तर चपाउने दॉंतको भाग भने अझ पनि चम्किलो र कड़ा रहेकोले हेर्नेहरू सबैले यसलाई दॉंत नै हुनुपर्ने अनुमान त लगाइरहेका छन्‌ तर यो के को दॉंत हुनसक्छ भन्ने प्रश्नको उत्तर कसैसित छैन।
रोलक भनेको लेप्चा भाषाको रतलोकको अपभ्रँश हो। यसको अर्थ पैह्रो गएर बॉंचेको ठाउँ हुन्छ। रोलकको अहिलेको जुन चित्र छ, आज भन्दा पचासवर्ष अघि यस्तो नरहेको बुढ़ापाका बताउँछन्‌, डुपछिरिङ रहस्य खोल्दै जान्छन्‌। तिनी भन्छन्‌, पहिले रोलक सम्म परेको मालभूमि थियो, अहिले डॉंड़ा-कॉंड़ा भएको छ। यस्तो भएको कारण पैह्रो नै हो।
डुपछिरिङको भनाइको आशय पौराणिक कालमा रोलकमा कुनै विशाल प्राणीहरूको बास हुनसक्थ्यो भन्ने हो, जो पैह्रोकोे कारण विलुप्त बनेको हुनसक्छ। अनि उनीहरूको हाडखोड़ जमीनमुनि छ, जो यसरी अहिले निस्कन थालेको छ। डुपछिरिङको भनाइलाई नकार्ने ठाउँ किन छैन भने कालेबुङको अहिलेको जनमुक्ति पार्कमा अहिले पनि यस्तो रूख जिँउदै छ जो विश्वभरिमा रहेको दुइवटा रूखमध्ये एउटा रहेको भनिन्छ। जसको नाम जिङ्‌को वायोलोबा हो भने यो यस्तो रूख होे जसको घॉंस शाकाहारी डाइनोसरले खाने गरेको पत्तो लागेको छ। डाइनोसरले घॉंस खाने रूख कालेबुङको पार्कमा अझ पनि जिउँदै हुनुले यही कुराको पुष्टी गरिरहेको छ कि यो क्षेत्रमा कुनै पनि समय डाइनोसरको अस्तित्व थियो। तर यस विषयमा कसैले पनि गहिरिएर अध्ययन नगरेको वा डाइनोसर वा विशाल प्राणीहरूको अस्तित्व खोज्ने कार्य नभएकोले अहिलेसम्म सबै कुरा रहस्यमा नै लुकेको छ।
रोलकमा भेटिएको यो दॉंत र कालेबुङको पार्कमा रहेको जिङ्‌को वायोलोबाको के कुनै सम्बन्ध छ त? यो प्रश्नको उत्तर खोज्न सक्छन्‌ भने कुनै पत्रकार वा आम मानिसले होइन खप्पिस भुतत्ववेत्ताले नै सक्नेछन्‌। दॉंत हड्डी नै हो होइन, हो भने यो कति वर्ष पुरानो हो, के को हो? भन्ने प्रश्नको उत्तर पनि यसको कार्बनडेटिङ गरिएमात्र पत्तो लाग्नेछ। प्रागैतिहासिककालमा यो क्षेत्रमा कुनै विशाल प्राणीहरूको अस्तित्व थियो थिएन, यो दॉंत वा हड्डीले त्यसको सम्पूर्ण रहस्य खोल्न सक्छ सक्दैन न त डुप छिरिङलाई थाहा छ न त कुनै पत्रकारलाई। तरैपनि पाइएको हड्डीले पौराणिककालको गतिलो रहस्य बोकेको हुनसक्ने सबैले अनुमान गरिरहेका छन्‌।
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.