लाब्दा चालक संगठन द्वारा गाउँको सडक मर्मती

मंग्पू २८ अप्रेल : एकता नै बल हो,एकताले नै गाउँ -समाजको निर्माण हुन्छ भन्ने उदाहरण यहाँका लाब्दा विभागका चालकवर्गले गाउँको सडक मर्मत गरेर सबैलाई बताइसकेका छन् | स्थानीय मंग्पू नालीडाँडा जोगीघाट मोटर ट्रान्सपोर्ट वेल्फर एसोसियेसनका मालिकवर्ग,चालकवर्ग र गाउँको जनसाधारण एक जुट भइ यहाँको नालीडाँडादेखि शिव मन्दिर लाब्दा सम्म ३कि० मि० अलकत्रे सडक मर्मत गरेको छ | आफ्नो गाउँको सडकलाई भत्केर जान नदिन र ग्रामीण सडक सबैको सम्पति हो भन्ने ठानेर नै वर्खायाम शुरु हुन अघि नै सडकको मर्मत गरिएको जानकारी संघका सचिव राजु राईले बताएका छन् | गत २५अप्रेल देखि २७ अप्रेल गरेर तीन दिन सम्म संघ मालिक अनि चालकवर्गले आफ्नो यान-वहान थन्काएर सडक मर्मत गरेको देखियो |

यसरी सडक मर्मत गर्दा सिमेन्ट,गिट्टी र बालुवा दिएर सहयोग पुराउने सम्पूर्ण गाडी मालिकवर्गलाई संगठनले आभार प्रकट गरेका छन् | यस्तै गरी श्री सत्य साई बाबा प्रति श्रधान्जली अर्पण गर्दै उनको आत्माले शान्ति पाउन भनि दुई मिनटको मौन धारण गर्दै हिज २७अप्रेल को दिन उक्त मंग्पू नाली डाँडा-जोगी घाट मोटर ट्रान्सपोर्ट वेलफर एसोसियेसनक चालक वर्गले आ-आफ्नो वहानहरु पनि चलाएनन्भन्ने जानकारी संघका सचिव राजु राईले बताएका छन् | स्मरण रहोस उक्त लाब्दा बिभागको त्यस अलकत्रे सडकलाई केही वर्ष अघि प्रधान मन्त्री ग्रामीण सडक योजना अन्तर्गत निर्माण गरिएको थियो भने हालमा आएर सडकको अवस्था जीर्ण हुँदा पनि सम्बन्धित बिभागले ध्यान नदिएको कारणले नै ग्रामबासी अघि आएर सडकको मर्मत गरिएको जान्नमा आएको छ |


Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.