|
सभालाई सम्बोधन गर्दै प्रार्थी डा० रोहित शर्मा |
मंग्पू १२ अप्रेल ,केशर मोक्तान : सुबास घिसिंगको चेतना अझै पनि खोलिएन भने गदाफीको जस्तो अवस्था हुन्छ | बंगाल चुनावको आचार संहिताको आडमा आएर घिसिंगले देशलाई टुक्राएर अलग राष्ट्र माग्ने षड्यन्त्र गर्दैछ तर राष्ट्रको मूल धारामा बगेर चिन्हारीको निम्ति गोर्खाल्याण्ड मंग्दैछौ भन्दै आज गोजामुमो मंग्पू जोन द्वारा आयोजित सभालै सम्बोधन गर्दै खरसांग बिधान सभा क्षेत्रक उम्मेदवार डा० रोहित शर्माले बताए | गोजमुमो प्रार्थी डा० रोहित शर्माले भने आज हामीले आफ्नो जातीय चिन्हारीको निम्ति आन्दोलन गर्दै जाँदा गोर्खाल्याण्ड प्राप्तिको निम्ति सरकार समक्ष जनाधार देखाउनुको निम्ति हामीले बिधान सभा चुनाव लड्दैछौ र हामी बंगालको बिधान सभामा दार्जीलिंग बंगालको भूभाग होइन भने दस्तावेजको आधारमा गोर्खाल्याण्डको मुद्दा उठाउनेछौ |आज वाम फ्रन्ट सरकारको षड्यन्त्रलै घिसिंगले मसला हाल्ने काम गर्दैछ भनि डा० शर्माले आरोप लगाए |डा० शर्माले हाम्रा जाति र अस्तित्वको निम्ति डुवर्समा ३ जना शहीद भएपछि हामी अब प्राधिकरणमा जाने छैनौ र अब हाम्रो माग गोर्खाल्याण्ड मात्र हुने छ भनि बताए | उनले भने गोजमुमो अध्यक्ष बिमल गुरुङ जनता-जनार्दनको कृष्ण हुन् र श्री कृष्णको हातमा शुदर्शन चक्र छ र त्यो लिएर हामी बिधान सभामा लानेछौ | गोजमुमो प्रार्थी डा० शर्माले प्रथम मा नै मंचमा आशिन मंग्पूका एक श्रस्टा एवं अकादमी पुरष्कारले सम्मानित साहित्यकार मोहन ठकुरीलाई खदार्पण गर्दै स्वागत जनाए भने उनले सभा सम्बोधन गर्ने क्रमको शुरुमा नै मंग्पू साहित्य क्षेत्रको तीर्थ स्थान हो ,म यस ठाउँलाई सम्मान गर्छु भनि बताए | आफू पेशाले नै शिक्षक भएको नाताले म जनतालाई आश्वासन मात्र दिन आएको होइन म गोर्खाल्याण्ड मांग संग-संगै सिन्कोना बगान र यहाँको स्थानीय फरेस्ट बस्तीका सदश्यहरुलाई पनि गम्भीरता पूर्वक लिनेछु भनी बताए |
गोजमुमो मंग्पू जोनका उपाधक्ष जी० बी० राईको अध्यक्षतामा सम्पन्न उक्त सभाको संचालन राम पोख्रेल र अनित खातीले गरेका थिए |सभालाई सम्बोधन गर्दै अर्को वक्ता गोजमुमो केन्द्रिय समितिका संगठानिक सचिव एवं मंग्पू-लाठ पन्चर जोनका संयोजक रतन थापाले गोर्खाल्याण्ड आन्दोलनलाई मजबुत बनाउन हामी सबै एक हुनपर्छ र गोजमुमोले आज सम्म गोर्खाल्याण्डको गोर्खाल्याण्ड कै निम्ति काम गरिरहेको छ |२१ वर्ष कालो शासन गर्ने कालो पार्टी गोरामुमोले आफ्नो स्वार्थको निम्ति भोटको मौका छोपेर गोर्खे दाजु - भाईमा युद्ध लडाउने कोशिश गर्दैछ यसमा सबै सचेत हुनपर्छ र हाम्रो युद्ध गोर्खाल्याण्ड प्राप्तिको निम्ति केन्द्र सरकार संग हो सुग्रीभले चलाउने ब्रह्म अस्त्र जुन सुकै बाँदरले चलाउनु हुदैन भन्ने घिसिंगको वक्तव्यमाथि कडा आलोचना गर्दै भने सुग्रीभले चलाउने ब्रह्म अस्त्र चाउरे बाँदरले खेलाउँदा नै आज गोर्खे जनताले दुख पाएको अनि आफै चार वर्ष वनबास लागेको बताए |
संयोजग थापाले सभालाई सम्बोधन गर्दै यहाँको जनता गोजमुमोको पक्षमा छ यसैले कोहि पनि ढलफल हुनु हुदैन र हाम्रो मूल मुद्दा गोर्खाल्याण्ड हो, जातीय चिन्हारीको निम्ति सरकारलाई जनाधार देखाउन सबैले खरसांग विधान सभा क्षेत्रका गोजमुमो प्रार्थी डा० रोहित शर्मालाई मोम बत्तीको चिन्ह भोट दिएर बहुमत ले विजय बनाउने जनतालाई आव्हान गरे |
|
पानी झरीमा छाता ओडेर भाषण सुनिरहेका जनता |
गोजमुमो मंग्पू जोनका मूल सचिव रतन लामा र दार्जीलिंग तराई डुवर्स प्लान्टेसन युनियन सिन्कोना जोनका सचिव गगन राईले यहाको सिन्कोना बगान र फरेस्ट बस्तीको समस्या माथि पार्टीका प्रार्थी डा० शर्मालाई अवगात गराउँदै छोटो वक्तव्य राखे |डा० शर्माले आज खरसांग बिधान सभा क्षेत्रक सेवक १० माइल फरेस्ट बस्ती , सेवक बजार र काली झोरा क्षेत्रको जनतालाई पनि भेट गरे | अन्तमा सभाध्यक्ष जी० बी० राईले यस पल्टको बिधान सभा चुनावमा जनमत संग्रह गर्न पर्ने हुनाले सबैले मोम बत्तीको चिन्हमा १८ अप्रेलको दिन भोट दिएर प्रार्थी डा० रोहित शर्मालाई विपुल मतले विजय गराउने सबैलाई आव्हान गर्दै सभा बर्खास्त गरे |
Post a Comment
We love to hear from you! What's on your mind?