कालेबुङ,12 अप्रेल,मनोज वोगटी
एक समयका एउटै दलका नेताहरू सुवास घिसिङ अनि विमल गुरूङ अहिले ठीक विपरित कट्टर विरोधीकोरूपमा रहेका छन्। दुवै नै मत बटुल्न जनसभामा जुटेका छन् अनि दुवै नै आफ्नै बोलीको कारण अप्ठ्यारोमा परेका छन्। विमल गुरूङ छैटौं अनुसूचीका विरोधी हुन्। तिनी अहिले छुट्टैराज्य गोर्खाल्याण्ड नै चुनावी मुद्दा बनाएर जनसभा गरिरहेका छन्। आफ्नो नेता सुवास घिसिङले जनतालाई छलेर जात विभाजन गर्ने र जातगोष्टीको लड़ाईको आखड़ बनाउने छैटौं अनुसूचीको माग गर्दा जनतामा घोका हुने देखेर गोरामुमोको विरूद्ध गोजमुमो गठन गरेका थिए। गोजमुमोका कार्यकर्ताहरूले गोरामुमोका नेताहरूलाई पहाड़बाट लखेटेपछि गोजमुमोको निम्ति गोर्खाल्याण्डको आन्दोलन गर्ने मार्ग सफा भएको थियो। 11 पल्ट वार्ता गरेर पनि एकैपल्टमा गोर्खाल्याण्ड नहुने र अन्य व्यवस्था भएर नै गोर्खाल्याण्ड पुग्न सकिने कुरा बुझेपछि अनि यसैको निम्ति राजनैतिक कसरत गर्नथालेपछि ठीक विधानसभा चुनाउलाई ताक पारेर खेदाइएका गोरामुमोका नेताहरू पहाड़ चढ्नु मात्र होइन छैटौं अनुसूचीको निम्ति जनमत तयार गर्न उत्रिएपछि मोर्चा रिस्ले चुर भएको छ। घिसिङ अनि विमलले मिरिकबाट एकार्कालाई जनतामा स्पष्ट पार्ने क्रममा असुविधामा परे। घिसिङले राजनैतिक जीवनकालभरिमा एकैपल्ट पनि गोर्खाल्याण्ड नमागेको मात्र होइन गोर्खाल्याण्ड कोलकाता र दिल्लीमा नरहेर आफ्नो गोजीमा रहेको बताएर अप्ठ्यारोमा परे भने विमल गुरूङ चुनावी आचार संहिता लागू भइरहेको बेला घिसिङलाई चारपॉंच लाख जनतालाई घिसिङको घर घेराउ गर्न उस्काएकोले अप्ठ्यारोमा परेका छन्। गोर्खाल्याण्ड राज्य हुँदै नहुने बरू अरू नै व्यवस्था नै दार्जीलिङ जिल्लाको तीनवटो महकुमाको निम्ति उपयुक्त हुने बताउँदै घिसिङले आफू पनि गोर्खाल्याण्डको पक्षमा कहिल्यै नरहेको स्पष्ट पारेर गोर्खाल्याण्ड पन्थी गोरामुमो समर्थकहरूको नजरमा मात्र होइन गोर्खाल्याण्ड चहाने दलहरूको दृष्टिबाट फेरि एकपल्ट तल झरेका छन्। तिनी अहिले अलोचनाका शिकार भइरहेका छन् भने घिसिङलाई अब पक्का नै बुढेसकाल लागेको अनि तिनी राजनीतिको निम्ति सुुयोग्य नरहेको ठहर भएको आलोचकहरूले जनाइरहेका छन्। घिसिङलाई अहिले पनि बङ्गालपन्थी रहेको देखिएको अनि तिनी जनकांक्षालाई लिएर गम्भीर नरहेको आरोपको सामना अहिले घिसिङले गरिरहेका छन्। उता तिनैले सुरक्षा दिएर पहाड़बाट तराई स्थान्तर गरिदिएका गोरामुमो नेता सुवास घिसिङले फेरि छैटौं अनुसूची कै वकालती गर्दा मोर्चा प्रमुख विमल गुरूङलाई सहि नसक्नु भएको तिनको घिसिङप्रतिको वयानले स्पष्ट पारेको छ। तिनले घिसिङको भीसा सकिएको अनि तिनको भीसा 19 अप्रेलसम्म रहेको अथवा तिनलाई फेरि पहाड़बाट खेदिने किसिमको चेतवनी पूर्ण तर अस्पष्टरूपले दिएको बयान आचार संहिताको विरूद्ध रहेकोले हुनसम्मको अप्ठ्यारोमा परिरहेका छन्। तिनको वयानलाई चुनाउ आयोगले छानबीन गर्ने भएको छ भने दोषी पाए दण्ड दिइने कुरा अहिले चलिरहेको छ। पर्यवेक्षकहरूले विमल गुरूङको वयान चुनाउ आचार संहिताको विरूद्धमा रहेको पाइए तिनलाई केही दिन चुनावी कार्यक्रम गर्नमा बन्देज गर्न सकिने अनुमानहरू लगाइरहेका छन्। यता बल्लबल्ल पहाड़ पस्न पाएका घिसिङलाई तिनको बयानको कारण जनताले नै छानबीन गर्ने सम्भावना रहेको छ। जनताले छानबीनमा तिनलाई गलत फेला पारे अब तिनको राजनैतिक जीवन नै समाप्त हुन सक्ने अनुमान पनि पर्यवेक्षकहरूको रहेको छ।

Post a Comment
We love to hear from you! What's on your mind?