गोर्खाहरूको मत संग्रहको निम्ति असममा व्यस्त सी.के.श्रेष्ट

कालेबुङ,6 अप्रेल (डी.के.वाइबा/मनोज वोगटी)
भारतभरि छरिएका गोर्खाहरूको मत कंग्रेसको पक्षमा संग्रह गर्न नेश्नल गोर्खा फोरम फर गोर्खाका संयोजक सी.के.श्रेष्ट अहिले असममा व्यस्त छन्‌। तिनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्‌, असमका जम्मा 126 वटा विधानसभा आसनमा नेपाली भाषी गोर्खाहरूको मत 16 प्रतिशत छ। प्रतिशतको आधारमा हेर्नु हो भने 126 वटा आसनमा गोर्खाहरूले 18 वटा आसन ओगट्‌नु पर्ने हो तर उनीहरूले एउटै आसन पनि पाएका छैनन्‌। टङ्‌कबहादुर राईले कंग्रेस पार्टीको टिकट विधानसभाका अध्यक्ष भएको नाताले अनि एस.आर. सुब्बाले आफ्नो दाज्यू एम.के. सुब्बाको नाताले पाएका छन्‌। यसरी भारी मतदान गर्ने गोर्खाहरूले तर कंग्रेस पार्टीबाट कुनै राजनैतिक संरक्षण भने पाइरहेका छैनन्‌। यी सबै हुनुको मूल कारण हो नेपाली भाषी गोर्खाहरूको कंग्रेसप्रतिको समर्थन अनदेखा हुनु अनि अघोषित हुनु। तिनले गोर्खाहरूको  मत सङ्‌ग्रहको मुद्दालाई असमका गोर्खाहरूको हितमा पहिलोचोटि उजागर गर्ने काम नेशनल गोर्खा फोरम फर कंग्रेसले गरेको सी.के. श्रेष्ठले बताएका छन्‌। एक प्रवीण राजनैतिक सचेतक अनि सामाजिक कार्यकर्ता श्रेष्ठले कंग्रेस एक राष्ट्रिय पार्टी भएको कारण राष्ट्रभरि छरिएका गोर्खाहरूले आफ्नो मत कंग्रेसको पक्षमा खसाल्नुपर्ने बताएका छन्‌। तिनले उल्लेख गरेका छन्‌-पूर्व घोषणा गरेर गरिएको मतदानको अनदेखा नहोस्‌। यसो गर्नाले गोर्खाहरू राष्ट्रको मूल राजनैतिक प्रवाहमा सँगसँगै सामेल हुनेछ अनि उनीहरूको राजनैतिक सुरक्षा कायम हुनेछन्‌। यसै विषयलाई मध्यनजर गरी गोर्खा फोरमले भारतव्यापी रूपमा अबउसो जहॉं जहॉं चुनाउ हुन्छ त्यहॉं त्यहॉं कंग्रेस पार्टीलाई समर्थन गर्ने प्रण गरेको पनि तिनले उल्लेख गरेका छन्‌। यसै शिलशिलामा तिनी अहिले छिमेकी राज्य आसाममा सम्पन्न भइरहेको चुनाउमा गोर्खाहरूको मत सङ्‌ग्रह गर्न व्यस्त छन्‌। प्राप्त जानकारी अनुसार यस अभियानलाई आसाममा मेपाली भाषी गोर्खाहरूले मात्र होइन त्यहॉंका आसामी अनि आदिवासी समुदायले पनि स्वागत जनाइरहेका छन्‌। गोर्खा भोट नभनेको पनि 16 वटा विधानसभा समष्टिमा निर्णायक रहनेछन्‌-तिनले भनेका छन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.