लीगबाट फेरि गोरामुमोमा फर्किए छिरिङ शेर्पा

कालेबुङ,6 अप्रेल (डी.के.वाइबा/मनोज वोगटी)
गोरामुमोको कुनै प्रमुख कार्यक्रम थिएन। यसै कारण यसबीच म गोर्खालीगमा टहल्नको निम्ति गएको थिएँ। अब गोरामुमोको कार्यक्रम शुरू भयो। 24 न. समष्टीका जनताले मलाई पार्टीमा फर्किने अनुरोध गरेेकोले उनीहरूको निम्ति नै म पार्टीमा आएँ। म मात्र होइन म जस्तै अरू पनि पार्टीमा फर्किने छन्‌। किन भने गोरामुमोको बेला अब आयो- लीगबाट गोरामुमोमा नै फर्किएका छिरिङ शेर्पाले आज यसो भने। 24 न. समष्टीका पूर्व पार्षद शेर्पाले गोरामुमोमा फर्किनुको कारण खोल्दै यसो भनेका हुन्‌। तिनी गोरामुमोले गोर्खाल्याण्डको निम्ति केही गर्न नसकेको भन्दै गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेको दल गोर्खालीगमा सामेल भएका थिए। तर गोरामुमो नेताहरूको पहाड़ फक्रिने क्रम शुरू भएपछि तिनी फेरि गोरामुमोमा नै फर्किएका छन्‌।  तिनी आज अन्य गोरामुमो नेताहरूसित नै कालेबुङ फर्किएका छन्‌।  लीगमा गोरूबथानका पूर्व पार्षद के.एन. सुब्बा पनि सामेल छन्‌। तिनी लीगको कालेबुङ समितिका अध्यक्ष पनि हुन्‌। छिरिङ शेर्पा अनुसार तिनी पनि गोरामुमोमा फर्किने सम्भावना छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.