लीगको चुनावी घोषणा पत्र सार्वजनिक गोर्खाल्याण्ड लक्ष्य गणतन्त्र मूलमन्त्र

कालेबुङ,8 अप्रेल
अखिल भारतीय गोर्खालीगले आज चुनावी घोषणा पत्र सार्वजिनक गरेको छ। घोषणापत्र सार्वजनिक गर्न लीग कार्यकारी अध्यक्ष दावा शेर्पा, प्रताप खाती, लीगको कालेबुङ उम्मेद्वार त्रिभुवन राई अनि के.एन सुब्बाको उपस्थिति रहेको थियो। एक पत्रकार सम्मेलनद्वारा घोषणा पत्र शेर्पाले सार्वजनिक गर्दै लीगको लक्ष्य गोर्खाल्याण्ड अनि मूल मन्त्र गणतन्त्र रहेको जनाएका छन्‌। लीगको घोषणापत्रमा उल्लेख गरिए अनुसार जनताको मुद्दाको वकालत गर्नेहरू विसाउनी, सिँड़ी तथा खुड़्‌किलोको नाममा  प्राधिकरण वा सेटअप भित्राउन आतुर छन्‌। तर गोर्खाल्याण्ड नै जनताको आकांक्षा हो। आन्दलनको नाममा जनपीड़क कार्यक्रम गरेर जनतालाई सताउने राजनीतिको विरूद्ध लीग कटिबद्धरूपले लागिपर्ने बचनबद्धता घोषणापत्रमा उल्लेख गरिएको छ भने पहाड़मा गणतन्त्रको वहाली गर्न पनि लीगले कटिबद्धता देखाएको छ। कुलैनबारी, चियाबारी, पर्यटन, शिक्षा, कृषि उद्योगहरूको विकास मात्र होइन पानी बत्ती र बासस्थानसम्मको समस्या  समाधानको निम्ति पनि लीग बचनबद्ध रहेको बताइएको छ। रोगजारमुखी औध्यौगिक ईकाइहरूको स्थापना, स्वरोजगार योजनाहरूको विकास लगायत हाइटेक स्फ्टवेयर ईकाइहरूसमेतको विकास र कार्यान्वयनमा लीगले कार्य गर्ने जनाइएको छ। भारतको मानव सर्वेक्षण विभागले  पारित गरेको रिपोर्टले लेप्चाहरूलाई अन्याय गरेको अनि दार्जीलिङका लेप्चाहरूले सिक्किमबाट सर्टिफिकेट लिन बाध्य भइरहेको कुराको उठान गर्दै लेप्चाहरूलाई लेप्चाकैरूपमा चिन्हित गरिनुपर्ने सम्बन्धमा ठोस पहल गर्ने पनि उल्लेख गरिएको छ। गोर्खाल्याण्डको निम्ति प्राइवेट बील ल्याउँछु भन्ने अनि 2011 को पन्द्र अगस्तमा गोर्खा मुख्यमन्त्रीले मेलाग्राउमण्डबाट जनतालाई सम्बोधन गर्ने जस्ता सफाझुट बोल्ने भाजपाका सांसद राजीव प्रताप रुड़ीले गोर्खाहरूलाई नेपालका नागरिक बताएको कुरासमेतको जिकिर गरिएको घोषणापत्रमा लेप्चाहरूलाई अन्याय गर्ने भारतको सर्वेक्षण रिपोर्टले गोर्खाहरूलाई पनि नेपालको नागरिक बताएको उल्लेख गर्दै गोर्खा अनि गोर्खाल्याण्ड विरोधी शक्तिसित लड्न लीगसित सबै अघि आइदिने अपील पनि गरिएको छ। मदन तामङका हत्याराहरूलाई  दण्ड दिलाउनको निम्ति गोर्खाल्याण्डको निम्ति कटिबद्ध जनताले लीगलाई सहयोग गरिदिने अनि मदन तामङको गोर्खाल्याण्डको सपनालाई साकार पारिदिने अपील पनि घोषणापत्रमा उल्लेख गरिएको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.