मंग्पूको शिम्ले शाखामा चुनाव कार्यालयको उदघाटन

मंग्पू  ८ अप्रेल (केशर मोक्तान ): पश्चिम बंगलको बिधान सभा चुनाव जति जति नजिक आउदैछ त्यति यहाँको बिषेश छुट्टै राज्य गोर्खाल्याण्ड प्रेमी जन- जनार्दनको आफ्नो जाति अस्मिता तथा चिन्हारीको निम्ति जनमत प्रदर्शन गराउन प्रयत्नशिल छन् - गोर्खा जन मुक्ति मोर्चा |
आफ्नो खरसं|ग   महकुमा उम्मेद्वार डा' रोहित शर्माको मोम बत्ती चिन्हलाई बहुमत भोट दिलाउने उदेश्यले जोन शाखाहरुमा चुनाव कार्यालय खोल्न व्यस्त छन् |यसै अनुरुप मंग्पू  अधिनिस्त सिम्ले शाखा चुनाव कार्यालय सभापति जे' एम' राईको सभापतित्वमा खोल्ने कार्यक्रम भयो |चुनाव कार्यालय उदघाटन  गाउँ कै समाजसेवी बयोवृद्ध के ' बी' लामाको  बहुलीबाट भयो भने उक्त उदघाटन समारोह रवि' राई सभापति बुथ कमिटि  तथा प्रधान अध्यापक सरोजनी प्राथमिक पाठशालाले संचालन गरेका थिए |सम्पूर्ण पार्टी गोर्खा जन मुक्ति मोर्चा,नारी मोर्चा,युवा मोर्चा,यूनियन तथा सम्पूर्ण उपस्थितिलाई  कृष्णलाल गुरुङ बुथ कमिटि,गगन राई दातडुप्लालेयु   सिन्कोना जोन सचिव,सोभा थापा सचिव,नारी मोर्चा सिम्ले शाखा,आरिफ थापा सचिव सिम्ले शाखा आदिले सम्बोधन गरे | उक्त उदघाटन कार्यक्रममा सिम्ले शाखाका बयोबृद्ध धेरै व्यक्तिहरु उपस्थित थिए |सम्पूर्ण व्यक्तिहरुले पश्चिम बंगल सरकारको अन्यायको बिरुद्ध तथा छुट्टै राज्य प्राप्तिको  निम्ति बहुमत दिएर जनमत देखाउने समय यहि हो भने |अन्तमा उक्त  उदघाटन समारोहको दिप जलन एम एम राईले गरेको अनि कार्यक्रममा सभापतिले धन्यबाद दिदै सभा समाप्त गरेको मंग्पू जोन जनमुक्ति मोर्चा को पक्षमा बुद्ध कुमार थापाले एक विज्ञप्ति मार्फत जनाएको छ |  
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.