सोझै गोर्खाल्याण्ड ल्याउने महाधुर्त?


(कालेबुङ,10 अप्रेल,मनोज वोगटी) : 
गोर्खा जनमुक्ति मोर्चाका प्रवक्ता डा. हर्कबहादुर छेत्रीले विधानसभा चुनाउमा प्रतिद्वन्द्विता गर्न नामाङ्‌कनपत्र बुझाउने एक दिन अघिसम्म भनेका थिए-सोझै गोर्खाल्याण्ड ल्याउँछु भन्ने कि त महाधुर्त हुन्‌ कि त महामुर्ख।
तिनले यसो भनेको केही दिनमा नै विधानसभा चुनाउलाई ताक पार्दै निर्वासित दल गोरामुमोका नेताहरू पहाड़ फर्किए। डा. छेत्रीले यसो पनि भनेका थिए, इन्द्रेको ठाउँमा चन्द्रे नै आए पनि गोर्खाल्याण्ड अहिले नै हुँदैन। यसपालीको विधानसभा चुनाउमा मोर्चाले निकालेको चुनावी घोषणापत्रमा गोर्खाल्याण्ड बाहेक अन्य कुनै कुरा मोर्चाले नगर्ने कुरा उल्लेख गरिएको छ। यसको अर्थ हो, जति समय लागोस्‌ मोर्चा गोर्खाल्याण्डको निम्ति नै लड्ने छ। सोझै र छिटो गोर्खाल्याण्ड ल्याउने महाधुर्त हुन्‌ अथवा अहिले नै गोर्खाल्याण्ड हुँदैन अनि कुनै व्यवस्था भएर नै गोर्खाल्याण्ड पुग्न सकिन्छ। अब केही पछि फर्किएर हेर्‍यौं भने गोरामुमोले पनि यसै भनेको थियो, सोझै गोर्खाल्याण्ड हुँदैन, केन्द्रमा छुट्टै राज्य दिने परिस्थिति छैन। अहिलेको निम्ति छैटौं अनुसूची नै उत्तम व्यवस्था हो। केन्द्रले संविधान अनुसार दिन सक्ने वैधानिक विकल्पहरूमा छैटौं अनुसूची, युनियन टेरिटोरी र छुट्टै राज्य हो-सबै दलले मानेको कुरा हो यो। यसमध्ये अहिले नै गोर्खाल्याण्ड हुँदैन। गोर्खाल्याण्डको निम्ति अरू व्यवस्थाहरू भएर नै जानुपर्छ-मोर्चाले पनि 11 पल्ट गरेको वार्ताको अनुभवमा भनेको कुरा हो यो। गोर्खाल्याण्ड पुग्ने अरू वैधानिक व्यवस्थाहरूमा एउटा गोरमुमोले उठान गरेको  छैटौं अनुसूची हो अर्को हो कंग्रेसले उठान गरिरहेको छैटौं अनुसूची। गोर्खाल्याण्ड पुग्नको निम्ति चाहिने व्यवस्थामा मोर्चाले केन्द्रलाई पठाएको(सेटअप)दागोपापको वैकल्पिक व्यवस्था पनि प्रशस्त छ, तर यो वैधानिक छैन। केन्द्र सरकार सोझै छुट्टै राज्य दिने पक्षमा छैन। यही कुरा बुझेर हिल कंग्रेसले युनियन टेरिटोरीको मुद्दा हातमा लिएको छ। एउटा कुरा स्पष्ट छ गोरामुमो होस्‌ वा गोजमुमो-ले सोझै छुट्टैराज्य हुन नसक्ने कुरा बुझिसकेको छ। किन भने सरकारसित यो दुइ दलले मात्र वार्ता गरेको छ। सोझै गोर्खाल्याण्ड हुन सक्दैन भन्ने सोंच यी दुइ दलले त्यसै विकास गरेको होइन। आन्दोलनको प्रारूप र कार्यचरित्र राज्य सरकार केन्द्रित रहेकोले अनि मुद्दाको बहस राज्य केन्द्रित रहेकोले अहिले नै राज्य हुन नसक्ने स्पष्ट छ। तर के सॉंच्चै गोर्खाल्याण्ड सोझै ल्याउन सकिँदैन?यस विषयमा कुनै पनि दलले उचित छसफल गरेको छैन। यता अन्य दलहरू जस्तै क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी, अखिल भारतीय गोर्खा लिग सोझै गोर्खाल्याण्ड ल्याउँछु भन्ने खेमाका दलहरू हुन्‌। छुट्टै राज्यभन्दा अघि गणतन्त्र बहालीलाई अनिवार्य मान्दै राजनैतिक कार्यक्रमलाई मौका हेर्दै अघि बढ़ाइरहेका यी दलहरूले चौतारी, खुड़्‌किलो, बिसाउनीको अवधारणालाई सोझै नकारिरहेको छ। मोर्चाको भाषामा हो भने सोझै गोर्खाल्याण्ड ल्याउँछु भन्ने महाधुर्त दलहरू हुन्‌। सोझै गोर्खाल्याण्ड ल्याउँछु भने पनि यी दलहरूले छुट्टैराज्य प्राप्तीको निम्ति दाबी गर्ने सूत्रहरू, दाबीयोजनाहरू खुलस्त गरेको छैन। केवल मुखले मात्र छुट्टै राज्य ल्याउने भन्ने यी दलहरूको रणनीतिबारे जनता स्पष्ट छैन। कसरी छुट्टै राज्य लाउने हो त? खै कस्तो योजना छन्‌, कसरी काम गर्छ त? कुनरूपले कार्यनीति तयार पारेको छ?यी दलहरूलाई बारम्बार सोधिने यी प्रश्नहरूको उत्तर कुनै पनि दलले दिएको छैन। लीगको घोषणापत्र अनि क्रामाकपाको चुनाउ नहालिदिने अपीलपत्रमा कतै पनि कार्ययोजनाहरूको उल्लेख छैन। केवल अनेकताको बखान अनि आश्वासनहरूको मात्र उल्लेख गरिएको छ। यी दलहरूबाहेक सोझै गोर्खाल्याण्ड नल्याएर अरू व्यवस्थाबाट नै गोर्खाल्याण्ड पुग्न चहाने गोरामुमो र गोजमुमोबीच नै चुनावी युद्ध हुने स्पष्ट छ। चुनाउसम्म मात्र होइन यो युद्ध चुनाउपछि पनि हुने छ। अहिले नै दुइदलमा एकार्काको निम्ति क्रोध चरममा छ। अब चुनाउपछि पहाड़मा अशान्ति निश्चित छ। यो अशान्ति गोर्खाल्याण्डको निम्ति होइन अरू नै व्यवस्थाको निम्ति हुने पनि स्पष्ट छ। यस्तोमा सोझै गोर्खाल्याण्ड भन्ने धुर्तहरूको अवस्था मात्र होइन सॉंड़ेको जुझाईमा बाछाको मिचाई हुने जनताको मात्र पनि होइन सम्पूर्ण जिल्लाको अर्थनैतिक क्षेत्र अझ कति तहस नहस हुने हो, सचेतहरूले अहिलेदेखि नै सुर्ता गर्न थालेका छन्‌।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.