चुनाउले रोप्यो अशान्तिको बीऊ चुनाउपछिको लड़ाई गोरामुमो भर्सेस गोजमुमो?

 (कालेबुङ,10 अप्रेल,मनोज वोगटी) : यसपालीको विधानसभा चुनाउले पहाड़मा अशान्तिको बीऊ रोपेको छ। चुनाउपछि पहाड़मा अशान्ति हुने संकेत अहिलेको परिवेशले स्पष्टरूपले दिइरहेको छ। गोखार्र् जनमुक्ति मोर्चाले खेदेको गोरामुमो नेताहरू फेरि पुरानै राग अलाप्दै आफ्नो मुद्दाको पक्षमा जनमत संग्रह गर्न आएपछि गोजमुमोको छटपट्टी बढ़ेर गएको छ। छैटौं अनुसूची, जो गोर्खाल्याण्ड सोझै हुन नसक्ने सरकारसित भएका वार्ताहरू अनि राज्य र केन्द्रले गोर्खाहरूमाथि राखेको नियतको कारण गोरामुमो प्रमुख सुवास घिसिङले उठाएको मुद्दा हो। तर यो मुद्दाले चरमरूपमा दलीय अस्वीकृति प्राप्त गर्‍यो। छैटौं अनुसूची, दलीय विरोधको केन्द्र बन्यो। प्रशान्त तामाङलाई सुवास घिसिङले कुनै सहयोग नगरेपछि घिसिङको असंवेदनशीलता र प्रशान्त तामङले उपार्जन गरेको जातीय भावनाले ग्रस्त भीड़बाट विमल गुरूङले सुवास धिसिङ विरोधी राजनैतिक शक्तिको अवधारणा निर्माण गरे। जन्मियो गोजमुमो। त्यसपछि खेदाइए गोरामुमो नेताहरू। कारण थियो छैटौं अनुसूची। मोर्चाले भन्यो, छैटौं अनुसूची जनताको आकांक्षा विरोधी मुद्दा हो, यसले जातजातमा विभाजन ल्याउँछ। छैटौं अनुसूची होइन गोर्खाल्याण्ड चाहिन्छ। अनेकौं वार्ता र दागोपाप सञ्चालनको बीस वर्षे अऩुभवलाई काममा ल्याउन दाबी गरेको गारमुमोकोे छैटौं अनुसूचीको मुद्दा हस्ताक्षर भएर पनि संसदमा नै थन्कियो। गोजमुमोले गोर्खाल्याण्डको आन्दोलन गर्‍यो, वार्ता गर्‍यो अनि अहिले आएर भन्यो, सोझै गोर्खाल्याण्ड ल्याउने कि त धुर्त हो, कित महामुर्ख हो। यसको सोझो अर्थ हो कि अब मोर्चाले सोझै गोर्खाल्याण्ड ल्याउन सक्दैन। कुनै व्यवस्था भएरै गोर्खाल्याण्ड पुग्न सकिन्छ। सरकारसित तीनोटा वैधानिक विकल्पहरू छन्‌। एक हो छैटौं अनुसूची, अर्को युटी अनि अर्को छुट्टै राज्य। छुट्टै राज्य अहिले नै हुँदैन-गोरामुमो र गोजमुमोले यही भनिरहेको छ। अब छैटौं अनुसूची र युटी रह्यो। गोरमुमोले छैटौं अनुसूची भनिरहेको छ तर गोजमुमोले युटी भनेको छैन।
गारामुमोले भन्यो, मोर्चाले गोर्खाल्याण्ड ल्याउन सक्दैन भनेर स्पष्ट पारेपछि नै हामी पहाड़ आएका हौं। यता गोजमुमोले चुनाउ अवधी प्राधिकरण त्यागेको छ अनि चुनावी घोषणापत्रमा केवल गोर्खाल्याण्ड भनेको छ। त्यही गोजमुमोले वार्ताहरूको अनुभवबाट सोझै गोर्खाल्याण्ड ल्याउने धुर्त हो भनिरहेको छ अनि त्यही गोजमुमोले चुनावी घोषणापत्रमा गोर्खाल्याण्डबाहेक केही नल्याउने बचन दिएको छ। यता सुवास घिसिङ पहाड़ छिरे अनि छैटौं अनुसूचीको वकालत गर्न शुरू गरे। मिरिकमा देखापरेका जनलहरले स्पष्ट संकेत गरिरहेको छ कि अधिकांश जनता छैटौं अनुसूचीको पक्षमा पनि छ। गोरमुमोलाई पहाड़ छिर्न विधानसभा चुनाउ सुनौलो अवसर रहेको भएपनि चुनाउपछिको अवस्था के हुन्छ? यो खुवै जटिल प्रश्न भएको छ। 19 अप्रेलदेखि गोजमुमोले अर्को चरणको आन्दोलनको घोषणा गरेको छ अनि भनेको छ, घिसिङ अब जनाक्रोषको शिकार हुनेछन्‌। यसको सोझो अर्थ हो कि अब फेरि जनताको नाममा नेताहरूमाथि जाइलाग्ने, तोड़फोड़, आगलागी, कुटपिट र काटमारको परिवेश हुनेछ। गोरामुमोले पनि यस्तो परिवेशको पूर्वानुमान गरिसकेको छ अनि कुनै पनि परिस्थितिसित सामना गर्न तयार रहेको छ। अब चुनाउपछि फेरि गोरामुमो र गोजमुमोबीच लड़ाई हुने छॉंटकॉंट छ। 2007 मा गोजमुमो गठनपछि गोरामुमो नेताहरू खेद्ने काम भएको थियो, त्यो फेरि दोहोरिने सम्भावना छ। त्यसबेला पनि गोरामुमो र गोजमुमोबीच नै भीडन्त भएको थियो, जसको इतिहास चुनाउपछि फेरि दोहोरिने सम्भावना व्यापक छ। चुनाउमा आचार संहिता लागू गरेर, कानून व्यवस्थालाई कड़ा बनाएर शान्ति कायम राख्ने बङ्गाल प्रशासनले चुनाउपछि कस्तो भूमिका निर्वाह गर्ने हो, यसबारे केही निश्चित छैन। अब हुने गोरामुमो र गोजमुमोबीचको लड़ाईमा पहाड़ फेरि कुनरूपले लथालिङग हुने हो, हिंसामा विश्वास नगर्नेहरू चिन्तित देखिन थालिएको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.