कालेबुङ,12 अप्रेल,मनोज बोगटी
यसपालीको विधानसभा चुनाउलाई एक राजनैतिक सङ्गठन क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी अनि अर्को जातीय सङ्गठन इण्डिजिनस लेप्चा ट्राइबल एसोसिएसनले बहिष्कार गरिदिएको छ। क्रामाकपाले दलीय अनेकताको कारण विभिन्न मुद्दामा मत विभाजनको परिस्थिति बनेको जो, गोर्खाल्याण्डको निम्ति हानिकारक रहेको बताउँदै भोट नहाल्ने निर्णय गरेको छ भने अर्कोतिर लेप्चा समुदायलाई सरकारीरूपले सहुलियतहरू प्रदान नगरिएको अनि अनेकौं पल्ट भोट दिएर जिताएर पठाइए पनि कुनै विधायक, सांसदहरूले लेप्चाहरूको समस्यालाई सम्बोधन नै नगरेको भन्दै भोट बहिष्कारको घोषणा गरेको छ। क्रामाकपाले त गोर्खाल्याण्ड चहाने कसैले पनि भोट नहालिदिने अपील गर्ने कार्यलाई तीब्र राखेको छ तर इण्डिजिनस लेप्चा ट्राइबल एशोसिएसनले भने भोट हाल्नसक्ने सम्भावना बढ़ेर गएको छ। सात सुत्रि माग गर्दै लेप्चा समुदायले यसपालीको विधानसभा चुनाउमा भोट नहाल्ने निर्णय गरेको थियो। पहाड़का भूमिपुत्र समुदाय रहेको भए पनि सरकारले यस समुदायको संरक्षण, भाषा, संस्कृति अनि सामाजिक क्षेत्रको विकासमा धेरै अपील गर्दा पनि कुनै चासो नदेखाएपछि यो समुदायले सिलगढ़ीमा जनसमावेशको आयोजना गरेर भोट नहाल्ने घोषणा गरेको थियो। लेप्चा समुदायले भोट बहिष्कार गरेको घोषणा हुने वित्तिकै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरूङले लेप्चाहरूको सङ्गठन इल्टा (इण्डिजिनस लेप्चा ट्राइबल एशोसिएसन)का अध्यक्ष ल्याङसोङ तामसाङसित गोप्य बैठक गरेका थिए। बैठकमा कस्ता निर्णयहरू गरिए, त्यो खुलासा नभए पनि सोही दिन विमल गुरूङले जिल्लाभरिका लेप्चा समुदायसित भेटघाट गरेपछि भोट नहाल्ने कुरा चुड़ान्त नरहेको एशोसिएसनद्वारा नै बताइएको थियो। अहिलेसम्म पनि लेप्चा समुदायले भोट हाल्ने हो वा होइन कुनै पक्का निर्णय गरिएको छैन। तर एक विश्वस्त सूत्रद्वारा पाइएको जानकारी अनुसार यो एसोसिएसनसित सम्बद्ध लेप्चा गाउँ समितिहरूले गाउँगाउँमा नै भोट हाल्ने पक्षमा प्रस्तावहरू पारित गरिरहेका छन्। बङ्गाल सरकार अनि केन्द्र सरकारलाई आफ्नो मुद्दाबारे प्रभावकारीरूपले दाबी गर्नको निम्ति चुनाउ नै उपयुक्त रहेकोले एसोसिएसनले यसपालीको विधानसभा चुनाउलाई बहिष्कार गरेको बताइएको थियो। तर यता विमल गुरूङले छुट्टै राज्यको निम्ति आन्दोलन भइरहेको अनि छुट्टै राज्य भए एसोसिएसनले दाबी गरेका सबै मागहरू स्वतस्फूर्त पूर्ण हुने बताएपछि भोट बहिष्कारको कुरा चुड़ान्त नरहेको बताइयो। यता बहिष्कारको घोषणा भइसकेकोले लेप्चाहरूमा सन्देश पुगिसकेको अनि सॉंच्ची नै भोट हाल्ने नहाल्ने कुरामा अब एसोसिएसनले बैठक गरेर नै निर्णय गर्ने पनि बताइएको छ। एसोसिएसनले अहिलेसम्म कुनै निर्णय त गरेको छैन तर 22,23 अनि24 न. समष्टीका मोठ 15 वटा लेप्चा गाउँ समितिहरूले भोट हाल्ने नै भनेर प्रस्ताव लिइसकेको विश्वस्त सूत्रले जानकारी गराएको छ। भोट हाल्ने पक्षमा गाउँ समितिहरूले प्रस्ताव लिने क्रम जारी रहेको सूत्रले बताए अनुसार लेप्चा समुदायले बहिष्कारको घोषणापछि पनि भोट हाल्ने निर्णय आन्तरिकरूपले लिइसकेको छनक पाइएको छ।

Post a Comment
We love to hear from you! What's on your mind?