मंग्पू १२ अप्रेल केशर मोक्तान : हाल हाम्रो समाजमा स-साना नानीहरु नै नशालु पदार्थ सेवन गरिरहेको देखिन्छ यसैले नशालु पदार्थ समयमा नै रोकथाम गर्न दार्जीलिंग एस० पी० वाई० एम० संस्था अघि आएको छ |हालमा यस संस्थाले दार्जीलिंग वरिपरीका बिधालयहरुमा गइ त्यहाँ अध्यनरत छात्र-छात्राहरुलाई नशालु पदार्थ उन्मुलनको निम्ति सचेतनामुलक कार्यक्रमहरु गर्दै आइरहेका छन् | यसरी नै आज लाब्दा (एम० एस० के०)मा गइ एस० पी० वाई० एम० संस्थाका संचालक उदयराज छेत्री र उनको सहयोगी दुई सुबास थुलुंग र अभिनास सेवाले स्कुले नानीहरुलाई ड्रग्स,रक्सी,गाजा,भांग या अन्य नशालु पदार्थ सेवन नगर्नु पर्ने र यसले हाम्रो शरीरमा ठुलो नोक्शान पुराउने बताउदै हाम्रो समाजमा नशालु पदार्थ उन्मुलनको निम्ति युवा युवती नै सचेत हुन पर्ने बताए | यस संस्थाले नशालु पदार्थ उन्मुलनको निम्ति मात्र नभएर एच० आई० भी० एड्स बिरुद्ध रोकथाम गर्न पनि सचेतना मुलक कार्यक्रम गर्दै लाने संस्थाको पक्षमा उदय छेत्रीले बताएका छन् | संस्थाले मंग्पूको अगमसिंह गिरी,दिव्य ज्योती अकादमी र लाब्दा एम० एस० के० बिद्यालयहरुमा यस प्रकारको कार्यक्रम गरे भने आगमी १४ अप्रेल को दिन शारदा हाई स्कूलमा उक्त ड्रग्स सेवन सम्बन्धमा सचेतनामुलक कार्यक्रम गर्ने बताएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?