राज्यसभा सांसद समन पाठक कालेबुङमा पहाड़मा स्वायत्त शासन हुनुपर्छ-पाठक


कालेबुङ,6 अप्रेल (डी.के.वाइबा/मनोज वोगटी)
माकपा पहाड़मा स्वायत्त शासन बहाली गर्ने पक्षमा रहेको माकपाका राज्यसभा सांसद समन पाठकले बताएका छन्‌। तिनी आज भाकपा उम्मेद्वार विक्रम छेत्रीको निम्ति चुनावी प्रचारमा कालेबुङ आएका थिए। जगन्नाथ भवनमा पत्रकारहरूसित बोल्दै माकपा पहाड़को सर्वाङ्गिन विकासको पक्षमा रहेको तिनले जनाए। तिनले भने, माकपा पहाड़को समस्याको स्थायी समाधान चहान्छ। यस अतिरिक्त पानी, बाटो, विजुली, शिक्षा, पर्चापट्टा, कृषि यस्ता आधारभुत समस्याहरूको समाधानको निम्ति हामी कटिबद्ध छौं। तर अहिलेसम्म पहाड़मा माकपा स्थापित छैन। माकपाबारे गलत प्रचार गरिएको छ। हामीलाई कुनै पनि विकास कार्य गर्न यहॉंका क्षेत्रीय दलहरूले दिएको छैन। यहॉंसम्म कि राज्य सांसदको कोषसमेतको प्रयोग गर्न यहॉंका दलहरूले रोक लगाएको छ। वेरोजगारहरूको निम्ति कुनै पनि रोजगार उपलब्ध गराइनमा क्षेत्रीय दलहरूले वाधा उत्पन्न गरेको छ। तिनले पहड़ाका समस्याहरूको एक मात्र समाधान स्वायत्त शासनले मात्र हुने बताउँदै भने, भारतको कम्युनिष्ट पार्टी संघीय भारतमा साना राज्यहरूको गठनको पक्षमा छैन। साना राज्यहरूले कुनै पनि समस्यालाई न त सम्बोधन नै गर्न सकेको इतिहास छ न त यो देशको विकासमा लाभदायक नै रहेको छ। यसकारण हामी पहाड़मा स्वायत्त शासन होस्‌ भन्ने पक्षमा छौं। तर हाम्रो यो सोंचलाई कार्यरूपमा उतार्न नदिन पहाड़कै दलहरू बाधा बनेको छ। पहाड़मा माकपालाई जिताएर जनमत दिन सके माकपाले पहाड़को निम्ति धेरै गर्न सक्ने बताउँदै तिनले अझ भने, यसैकारण यसपल्ट पनि विक्रम छेत्रीलाई पहाड़का प्रतिनिधि बनाएका छौं। पहाड़का क्षेत्रीय दलहरूले उठान गरिरहेको छैटौं अनुसूची होस्‌ वा प्राधिकरण होस्‌, माकपाले भनेको स्वायत्त शासन कै अर्कोरूप रहेको बताउँदै पाठकले भने, नाम फरक हो, तर चिज हामीले भनेकै हो। तिनले गोर्खाहरूको चिन्हारीको निम्ति छुट्टै राज्यको आवश्यकता नरहेको बताउँदै भने, नर्थइष्टमा बीस लाख गोर्खाहरू छन्‌, यहॉं पॉंच लाख रहेको ठाउँमा राज्य नै भए पनि उनाीहरू देश फर्किन सक्दैनन्‌। उनीहरूको निम्ति त्यही नै मूलथलो हो जहॉं उनीहरू बसेका छन्‌। गोर्खाहरूलाई जातगोष्टीले एक गर्न सक्दैन। उनीहरूको चिन्हारी सुनिश्चित गरिनुपर्छ भने भाषाको आधारमा मात्र गर्न सकिन्छ। किनभने भाषाले मात्र गोर्खाहरूलाई बॉंधेर राख्न सक्छ। यसकारण भारतभरिका गोर्खाहरूलाई भाषिक अल्पसंख्यकको दर्जा दिइनुपर्ने माग माकपाले गरिरहेको छ। माकपा नेता तारा सुन्दास पनि तिनको साथमा थिए भने माकपाले जगन्नाथ भवनमा नै एउटा कर्मी सभा पनि गर्‍यो।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.