मंग्पू ८ अप्रेल (केशर मोक्तान ): प्राय : तीन बर्ष अघि पहाडबाट मंग्पू भएर मधेश झरेका गो० रा० मु० मो० अध्यक्ष सुवास घिसिंग आज भारी पुलिस सुरक्षा बीच बिहान ६.३० बजे मंग्पू भएर दार्जीलिंग पहाडमा भित्रिन सफल भए |गो० रा० मु० मो० अध्यक्ष पहाडमा भित्रिन साथ आज मंग्पूमा पनि गो रा मु मो समर्थकहरुले रयालि निकाले |गो रा मु मो मंग्पू लाठ पन्चरको संयुक्त तत्वधानमा सम्पन्न भएको उक्त रयालिमा मंग्पू भेगका गो रा मु मो समर्थकहरु उपस्थित थिए भने रयालिलाई भिलेज कमिटि चिफहरुले अगुवाई गरेका थिए |आचार संहितालाई पूर्ण आत्मसात गर्दै अनुशासित ढंगमा अनुमतिको आधारमा निकालिएको उक्त मंग्पू दार्जीलिंग फाटकदेखि शान्ति चौक हुँदै बस स्ट्याण्ड पुगे |त्यसपछि पुन: फर्की आइ गुम्बा फाटकमा आएर छोटो सभा गरे |सुवास घिसिंग जिन्दाबाद,छैटौ अनुसूची चाहिन्छ,बंगल सरकार न्याय देउ,केन्द्र सरकार न्याय देउ भन्दै पार्टी समर्थकहरुले नारा लगाए |पस्थ सभा लाई सम्बोधन गर्र्दै खर्सांग ब्रान्च कमिटि अध्यक्ष पाल्देन दोर्जी भोटियाले सबैलाई अनुशासित भएर बस्ने अनि आचार संहितालाई ध्यान राखेर गो रा मु मो प्रार्थी पेमु शेरालाई बिपुल भोट दिएर विजय गरिदिने आव्हान गरे | छैटौ अनुसूची अन्तर्गत दार्जीलिंग पहाडलाई अन्तर्भुक्त गरेपछि गोर्खाल्याण्डको बाटो सुगम हुने बताउदै अर्को बक्ता रविन लामाले आज मंग्पूमा पुन : गो रा मु मो जन्मिएको बताउदै भोलि मिरिकको जन सभामा सुनामी आउने र त्यस सभामा सुवास घिसिंग पनि आउने बताए |यसै क्रममा मंग्पू -लाठ पन्चर गो रा मु मो कन्मेनर के० बी० गुरुङले आचार संहिता लागु भएर पनि गो ज मु मो ले सिन्कोना बगानको गन्ति उठाएर सभा गरेको आरोप लगाए | अन्तमा पवन बल द्वारा संचालित सभामा उपस्थित सबैलाई धन्यबाद दिदै रविन लामाले सभापतिको अनुमति लिदै सभा बर्खास्त गरे |उक्त जानकारी प्रेस विज्ञाप्ति मार्फत चिफ अर्गनाइजर् के० बी० गुरुंगले दिए |
Post a Comment
We love to hear from you! What's on your mind?