कालेबुङमा फेरि बाइक चोरहहरूको रगरगी मालिकहरूले आफ्नो थैलो बलियो राख्नु-ओसी

मनोज वोगटी,कालेबुङ, 8 मई: एकवर्षपछि फेरि कालेबुङमा बाइक चोरहरूको रगरगी बढेको छ। अघिल्लोवर्ष धेरै प्रयत्नपछि कालेबुङ पलिसले बाइक चोरहरूको गिरोहलाई रम्बीबाट पक्राउ गरेको थियो। गिरोहले  निक्कै ठूलो अन्तरजाल बुनेर ठाउँठाउँबाट बाइक चोरेर बिक्रि गर्ने कार्य गरिरहेको थियोे। गत केही वर्षमा लगभग 10 वटा बाइक चोरी भएको थियो। सुराक पाएपछि गिरोहका नाइकेलाई रम्बीबाट पक्राउ गरेपछि बाइक चोरी काण्ड भएको थिएन। तर दुइ महिनादेखि कालेबुङमा फेरि बाइक चोरहरूको रगरगी बढेको अनि दुइ हप्तामा दुइवटा बाइक चोरी भएको प्राथमिकी दर्ता भएको थानाका ओसी उदय तामङले जनाएका  छन्‌। तिनले बाइकका मालिकहरूलाई सतर्क गराउँदै बाइकहरू सुरक्षित राखिनुपर्ने जनाएका छन्‌। तिनले फेरि नयॉं गिरोह बाइक चोर्नमा पल्केको बताउँदै बाइक चोरहरूबाट बॉंच्नको निम्ति मालिकहरूले सुरक्षित ठाउँमा चोरी हुन नसक्नेगरी बाइक राख्नुपर्ने बताएका छन्‌। तिनले के पनि भनेका छन्‌ भने थानाले बाइक मालिकहरूलाई अघिबाट नै सचेत गराइसकेपछि पनि बाइक लापारबाही राखेर चोरी  भएको खण्डमा मालिक आफैलाई दण्ड दिइनेछ। अथवा उनीहरूको उजुरीलाई गम्भीररूपले मान्यता दिइने छैन। थानाबाट बाइक मालिकहरूले आफ्नै लापारबाहीबाट चोरी भए अनि थानामा उजुरी गर्न आए उल्टै उजुरी गर्नेलाई खोरमा हुल्ने समेतको सुझाव र चेतावनी दिइएको छ। आफ्नो थैलो बलियो राख्नु, कसैलाई चोरीको आरोप नलगाउनु भन्ने उक्तिलाई अघि राख्दै कालेबुङ थानाले प्रशासनिक दायित्वबाट हट्‌ने  कार्य भने नगरेको, सबैलाई सचेत मात्र गराएको पनि बताइएको छ। कालेबुङ पुलिसले बाइक चोरहरू पक्रनको निम्ति गाउँ-नगर दुवैमा पेट्रोलिङ जारी राखेको छ। ओसी तामङले जनाए अनुसार चोरी अहिले ग्रामीण क्षेत्रमा मात्र भइरहेको छ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.