गाउँको बाटो बनाउन चालिस धुरा ग्रामवासी नै अघि आए
Mungpoo(मंग्पू )केशर मोक्तान : गाउँमा फराकिलो बाटोको बुनियादी आवश्यकताबाट बन्चित भएपछि अन्तत: ग्रामवासीहरुनै श्रमदान गरेर बाटो बनाउन अघि आएका छन् | स्थानीय चालिस धुराका ग्रामवासीहरु गाउँसम्म गाडी कुद्ने बाटो बनाउन बिभागबाट कुनै सकारात्मक पहलको अपेक्षा नराखी अघि आएका छन् | विगत २१ वर्ष सम्म गोरामुमोको शासनकालमा पार्षदहरुको आगमन र आश्वासन मात्र पाएका गाउँलेहरु यसवर्ष राजनैतिक परिवर्तन संगै गाउँमा विकाश हुने कुरामा पनि आशावादी रहेका छन् | गाउँमा बाटोको बुनियादी सुविधा उपलब्ध गराइदिने तथा वर्षेनी पैह्रो गएर क्षतिग्रस्त भएका पूलहरु बनाइदिने आश्वासन मात्र पाएका गाउँलेहरु यसपल्ट निक्कै उत्साहित बनेका छन् | पहाडको राजनैतिक परिवेश परिवर्तन भएपछि अब क्षेत्रीय समस्याको पनि समाधान पहाडको शक्तिशाली पार्टी गोजमुमोले गरिदिनेछ भन्ने अपेक्षा ग्रामवासीले गरेका छन् | यसको निम्ति मोर्चा अध्यक्षलाई ग्रामवासीहरुले गुहार लगाउने भएको छ | गाउँमा कुनै समय कसैलाई तत्काल अस्पताल पुराउन पर्ने अवस्था आइपरे आज पनि युवाहरुले स्टेचार द्वारा अफ्ठ्यारो बाटोमा बोकेर कठिन यात्रा गर्नु पर्छ | सोहि समस्याहरुबाट ग्रसीत गाउँवासीहरु यस पल्ट एउटा सडक निर्माण समिति गठन गरेर गाउँ मै अर्थ संग्रह गरेर बाटो निर्माण कार्य शुरु गरेको छ | गाउँवासीहरुको उक्त जोशलाई वर्तमान समयमा सम्बन्धित निकाय तथा हालको पहाडमा शक्तिशाली पार्टी मानिने मोर्चाले पनि उचित पहल गरिदिने गाउँलेहरुले आशा राखेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?