लाब्दा गुम्बामा बुम पाठ शुरु ,गुरुदेवद्वारा गजुर अनावरण गरिने

MUNGPOO(मंग्पू )२ जून,केशर मोक्तान : लाब्दा मंग्पू  कै सबै भन्दा पुरानो दोंगा छोइलिङ  सार्वजनिक बौद्ध गुम्बाको निर्माण कार्य युद्धस्तर मै चलिरहेको छ | यहाँका समस्त धर्मानुरागी जनता र मंग्पू देखि बाहिरका शुभचिन्तकहरुको नि:स्वार्थ सहयोगमा पुनोरुधार कार्य गर्दै  गुम्बाको बाहिरी रुप तयारी भइसकेको छ | यसै गुम्बाको शीरमा नयाँ गजुर अनावरण कार्य थाँतीमा रहेकोले आगमी ६ जून सोमबारको दिन परम पवन गुरुदेव कर्म वाङचुकको बाहुलीबाट  गजुर अनावरण तथा अभिषेक वितरण गरिने भएकोले त्यस धार्मिक अनुष्ठानमा गुम्बा निर्माण एवम संचालन समिति सबैलाई हार्दिक स्वागत जनाउदछ | यसै गरि आज देखि स्थानीय धर्म गुरु पासाङ  ठोकर ,उदय पाख्रीन र लामा पेमा ठोकरको अगुवाईमा गुम्बामा आज २ जून देखि बुम पाठ शुरु भएको छ | त्यस पुजाको समापन ६ जून सोमबारको दिन हुनेछ | आगमी ४ अनि ५ जूनको दिन श्री सत्य साई बाबा प्रति श्रधान्जली अर्पण गर्दै मंग्पू  सत्य साई सेवा संगठन अनि मानव उत्थान सेवा समिति द्वारा पनि गुम्बामा भजन किर्तन गर्दै १०८ दीप जलन गरिने भएको छ | यस धार्मिक अनुष्ठानको अन्तिम दिन अखिल भारतीय महायाना बौद्ध म्हानिपा संघ अध्यक्ष एवम आचार्य रिम्पोछे साङ्गे लोडो पनि जयगाउँबाट उपस्थित रहने जानकारी गुम्बाका सचिव सुरेन पाख्रीन साथै सभापति सिटू मोक्तानले दिएका छन्  |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.