ज्ञानपीठ विधालयका विध्यार्थीहरुलाई भोकेसनल कोर्सको प्रमाण पत्र वितरण

MUNGPOO(मंग्पू )१जून  ,केशर मोक्तान: यहाँको रङबी ज्ञानपीठ उच्च विधालयमा विगत वर्षदेखि शुरु भएको "रुरल इलेकट्रीसेन " भोकेसनल कोर्सको प्रथम चरणको विद्यार्थीहरुले आफ्नो प्रशिक्षण समापन गरे | पश्चिम बंगाल राज्य  काउन्सिल व्यवसाहिक शिक्षा एवम प्रशिक्षण अधिनस्थ रहेको उक्त योजना गत वर्षदेखि विधालयमा सुचारु रुपले संचालन भैरहेको छ | प्रशिक्षक जितेन खवाशले विधालयमा उक्त विषयमा विधार्थीहरुलाई प्रशिक्षण दिरहेका छन्  भने उक्त प्रशिक्षणबाट विधार्थीहरु लाभावंतित बनेका छन् | जम्मा २१ जना विधार्थीहरुले आफ्नो प्रशिक्षण समाप्त गरे वापत विधालयका प्रधान अध्यापक बी० के० गुरुङको बाहुलीबाट प्रमाण पत्र पनि वितरण गरियो | प्रशिक्षनार्थीहरुले A+ दर्जामा परिक्षा पास गरेको पनि प्रधान अध्यापक गुरुङले जानकारी दिदै  यस प्रशिक्षणले विधार्थीहरुलाई सहायता पुग्ने बताए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.