 |
रविन्द्रभवन अघि निर्मित रविन्द्रनाथ ठाकुरको मूर्ति |
MUNGPOO(मंग्पू )जुलाई २९,केशर मोक्तान : गत वर्षदेखि शुरु गरिसकेको १५ औ रविन्द्र जयन्तीको समापन कार्यक्रम ८ अगस्त २०११,वहाँको पुण्य तिथिको छेक पारेर भब्य समारोहको साथ सुचना एवम संस्कृतिक विभाग पश्चिम बंगाल सरकार ,उतर बंगाल विकाश मन्त्रालय अनि रविन्द्र स्मृति संरक्षण समितिको संयुक्त आयोजनामा विविध कार्यक्रमहरुको साथ मंग्पू रविन्द्र भवनमा सम्पन्न हुन गइरहेको छ | यस समारोहका प्रमुख अतिथि एवम उतरबंग उन्नयन मन्त्री गौतम देवको बाहुलीबाट समारोहको उदघाटन गरिने छ | विशिष्ट अतिथिहरुमा विधायकहरु रुद्रनाथ भट्टचार्य , शंखर मल्यकर,त्रिलोक देवान , डा० रोहित शर्मा,डा० हर्क बहादुर छेत्री ,दार्जीलिंग जिल्लापाल ,सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बा , महकुमा अधिकारी, तक्दाह खण्ड विकाश अधिकारी ,मंग्पू लाठ - पन्चर संयोजक रतन थापा लगायत अन्य गन्य - मान्य व्यक्तिहरुको उपस्थिति रहनेछ |
 |
कवि गुरुले चलाउने सुरक्षित टेबल- चौकी |
उक्त कार्यक्रमको सभापतिको भार मंग्पू वरिष्ठ नागरिक के० बी० योन्जनले लिने छ |
कोलकाताका सान्तानु रोय चौधरी र उनको सांगितिक टोलीले रविन्द्र संगीत प्रस्तुत गर्ने छन् भने स्थानीय कलाकारहरुले लोक नृत्य प्रस्तुत गर्नेछन् | यस भब्य समारोह बीच समारोहका प्रमुख अतिथि गौतम देवको बाहुलीबाट कम्प्युटर ट्रेनिंग सेन्टरको उदघाटन साथै विश्व कवि रविन्द्र नाथ ठाकुर द्वारा लिखित गीतान्जली पुस्तकलाई नेपालीमा अनुवाद गर्ने मंग्पूका कवियत्री रेमिका थापालाई पनि मन्त्रीबाट सम्मान जनाईने छ | कवि गुरुको पुण्यतिथि समारोहलाई दुई चरणमा गरिने थाहा लागेको छ | पहिलो चरणमा सूचना एवम संस्कृति विभाग पश्चिम बंगाल साथै अन्य दुई संस्थाले गर्ने छ भने दोस्रो चरणको कार्यक्रम नर्थ बंगाल भिजन ( बंगला त्रिपुरा सांस्कृतिक समानवे केन्द्र ) द्वारा रविन्द्र संगीत सहित रमारंग कार्यक्रम गर्ने भएको छ |
 |
मंग्पू रविन्द्र संग्राहलय |
यस समारोहलाई सफलीभूत पार्न आज मंग्पू रविन्द्र भवनमा एक सभा सम्पन्न भयो | सभामा सिन्कोना बगान व्यवस्थापक सी० बी० थापा , कुइनोलोजिस्ट डा० यू० के० सोम , पश्चिम बंगाल सूचना एवम सांस्कृतिक विभागको तर्फबाट पी० डी० बल ,लेबर युनियन विभागका पियुष बेनर्जी , रविन्द्र संरक्षण समिति विभागको तर्फबाट बुद्ध कुमार थापा एवम सुरेन्द्र थिंङ उपस्थित थिए | स्मरण रहोस गत १४ अप्रेल २०११ को हावा पानीले रुख ढलेर क्षतिग्रस्त भएको मंग्पू रविन्द्र संग्राहलय पश्चिम बंगाल सूचना एवम सांस्कृतिक विभागबाट मर्मत गरिने कार्य युद्धस्तरमा चलिरहेको छ |
Post a Comment
We love to hear from you! What's on your mind?