मंग्पू गोजमुमो रेशेप बजार शाखाको सभा सम्पन्न

MUNGPOO(मंग्पू )२९ जुलाई , केशर मोक्तान : आज रेशेप बजार गोजमुमो शाखाको आयोजनामा स्थानीय बजार परिसरमा शाखा सभापति एन० दाहालको अध्यक्षतामा एक सभा सम्पन्न भयो | सभालाई सम्बोधन गर्दै गोजमुमो केन्द्रिय समितिका संगठनिक सचिव एवम मंग्पू लाठ - पन्चर जोनका संयोजक रतन थापाले विरोधी पार्टीहरु माथि कडा प्रहार गर्दै पहाडमा विपक्षी पार्टीहरुको कुनै पनि अस्तित्व नरहेको दावी गर्दै उनीहरुले गोजमुमो पार्टी माथि पत्र पत्रिकामा लगाएको आरोप वेबुनियाद रहेकोले यस्ता खबरहरुलाई ध्यान विपक्षी पार्टीसित सम्मेलित नभई यस पार्टीका अध्यक्ष बिमल गुरुङको इमान्दारिता र कुशल नेतृत्वलाई नै अनुसरण गरि भविष्यमा अघि बढ्ने आह्वान गरे | संयोजक थापाले जी० टी० ए० भित्र गोर्खाल्याण्ड शब्द आउनु ठुलो उपलब्दी हो अनि यस जी० टी० ए० भित्र परेका ५७ वटा विभागलाई मंग्पूका शिक्षित ब्यक्तिहरुले अध्यान र मनन गरेर राम्रो सित बुझ्ने र साधारण जनतासम्मलाई बुझाउने आह्वान गरे | विशेष अब गरिब जनतालाई ध्यान दिएर  धेरै काम गर्ने कुरो पनि व्यक्त गरे |
युवा मोर्चा रेशेप शाखा सह सचिव अनित खाती द्वारा संचालित त्यस सभामा स्वागत समभाषण  शाखाका मूल सचिव निर्मल थापाले राखे भने सभामा गोजमुमो मंग्पू जोन मूल सचिव रतन लामा , सह सचिव कपिल लोहार , नारी मोर्चा रेशेप बजार शाखा कोषाध्यक्ष बुन्न थापा , अल्प संख्याक सम्प्रदाय मारवाडी संगठनको सभापति भगवती प्रसाद लोहारीवाला आदिले सम्बोधन गरे | अन्तमा सभाध्यक्ष एन० दाहालले दुई शब्द राख्दै धन्यबाद ज्ञापन गरे | सभामा गोजमुमो खरसाङ महाकुमा समितिका सह सचिव प्रदीप छेत्री एवम मंग्पू  नारी मोर्चा सचिवा सूर्यमणि राई , सभानेत्री मिरा दाहाल लगायत गोजमुमो मंग्पू  जोनका कानुनी सल्लाहकार राम पोख्रेल साथै पार्टीका अन्य सदश्यहरु उपस्थित थिए | 
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.