मंग्पूमा "भोइस अफ शालोभ " अडिसन हुने
मंग्पू ,७ जुलाई (निस:): ख्रिस्तीय गायन क्षेत्रलाई फ्र्सताउने जमर्को लिएर आएका "भोइस अफ शालोभ " का कमिटि द्वारा आयोजना गरिएको भोइस अफ शालोभ विभिन्न ठाउँहरुमा ब्यापकरुपमा अडिसन चलिरहेको छ | घलेटार ,लामाहट्टा,तीस्ता ,अन्य अन्या गाउँ बस्ति,कमानहरुमा पनि धेरै असल गायक- गायिकाहरु चयन भैसकेका छन् र वहाँहरु दोश्रो अडिसनको निम्ति छनौट भैसकेका छन् | यसरी नै खर्सांग,कलेबुंग ,सिलिगुरी हुँदै सम्पूर्ण दार्जीलिंग जिल्ला अन्तर्गत पर्ने गाउँ -बस्ति,कमान,बजार सबैलाई समेटेर अडिसन भैरहेकोमा सम्पूर्ण मंग्पू क्षेत्र अन्तर्गत पर्ने गाउँ ,बस्ति,बजार ,कमानमा छरिएर बसेका ख्रिस्तीय युवाहरुलाई मध्य नजर राखेर आगमी दिनाक ०९ जुलाई २०११ शनिबारको दिन मंग्पूको भष्मे गाउँको आइ० इ० सी० मण्डलीमा समय १०.३० बजे आयोजना गरिएको छ र उक्त अडिसनमा १५ वर्ष अनि माथिको उमेरकाहरुले भाग लिन पाउने छ | कमिटिको तर्फबाट संगीतकार -गीतकार अनि गायकहरु अतित सुब्बा ,माइकल राई ,उषा राई द्वारा निर्णय गरिने छ | ख्रिस्तीय युवाहरुमा धेरै उत्साह छाएको छ साथै उक्त युवाहरु कमिटिको भोइस अफ शालोभको निम्ति अति आभारी बनेको छ |
08Jul2011
Post a Comment