MUNGPOO(मंग्पू )७ जुलाई ,केशर मोक्तान : असल मान्छेलाई इश्वरले चाडै लिन्छ भन्ने हाम्रो समाजमा चर्चा पाईन्छ |यसै उक्तिलाई सम्पूर्ण मंग्पूबासी तथा छुट्टै राज्यप्रेमीलाइ आकस्मिक रुवाएर ,विस्मात बनाएर मृत्यु अंगालेका हाम्रा अतिप्रिय शिक्षक ,समाजसेवक तथा मंग्पू गोर्खा जान मुक्ति मोर्चा पुर्व सभापति स्व: डी० पी० राई सर स्वर्गीय भएको आज मृत्यु वार्षिकी रविन्द्र श्रमिक कल्याण भवनमा उपसभापति जी० बी० राईको सभापतित्वमा सम्पन्न भयो| उक्त कार्यक्रम विशोर कार्की अनि अनित खातीले संचालन गरेका थिए | सर्वप्रथम दिवंगत सरको तश्वीर स्थानमा दीप जलन कार्यक्रम उपसभापति तथा सभापतिबाट एवम मुख्य अतिथि रतन थापा ,संयोजक मंग्पू - लाठ पन्चर समस्ठी एवम केन्द्रिय संगठनिक सचिव गोजमुमोबाट भयो | त्यसपछि सम्पूर्ण उपस्थितिगणको तर्फबाट दिवंगत आत्मा शान्ति तथा स्वर्गवासी रहुन भनि प्रार्थना गरियो | यसै क्रममा प्रथममा सभापति ,अतिथिको बाहुलीबाट श्रदेय गुरु, नेता स्व: सरको तस्विरमा माल्यार्पण भयो अनि सम्पूर्ण उपस्थित गोजमुमो पार्टी, भात्रिसंगठनका विभिन्न व्यक्तिहरुले श्रद्धा शुमन माल्यार्पण गरे भने सिन्कोनाका मजदुर ,कर्मचारी, मंग्पू रेशेप बजार मर्चेन्ट एशोसियेशनका भगवती अग्रवाल,गोकुल जैन साथै अन्य - मोहन ठकुरी ,एस० एम० राई,दिपक भारती, प्रदीप छेत्री, दयानन्द राई, सुर्यमणि राई,गगन राई,सुदेश छेत्री,भुपाल मोक्तान,ए० एम० राई,तिलक मंगर ,तथा अन्यान्य उपस्थित थिए | यस मृत्यु वार्षिकी कार्यक्रम दिवंगत सरको धर्मपत्नी चन्द्रिका राई अनि सानी छोरी तीना राई उपस्थित थिईन | श्रधंजलि स्वरूप दुई शब्द बाल कुमार गुरुङ ग्यानपिठ उच्च विधालय प्रधानअध्यापक रंग्बी- बीच कमान जेएसटीओको पक्षमा दुई कुरा राख्दै विधालयको सरकारी मान्यता दिलाउन अनि विधालयको उन्नतिमा वहाँको देन स्मरणीय सुनौलो छ भन्नु भयो साथै गोजमुमो संगठनको उत्सर्गमा पनि अति नै प्रशंसनीय अतुलनीय रहेको जनाए | यस्तै प्रकारले श्रद्धा शुमन सम्भाषण रतन लामा सचिव मंग्पू जोन ,सुजित तामांग सचिव रंग्बी बीच कमान शाखा , श्रधन्जली कविता अनित खाती आदिले पनि शब्द-शब्द समर्पित गरे | कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएका थिए श्रद्धापुर्वक भजन गाएर पदम बराइली अनि मणि राईको स्वरहरुले | "देशले रगत मागे मलाई बलि चडाउ" भन्ने गीत गायक राजेन आलेले गोर्खाहरुको देश प्रतिको भक्ति एवम छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा गौरवशाली मृत्युलाइ अझ मुल्यबोध भान भएको थियो | भजन तथा गीतका सहयोगी शुरेन पाख्रिन , केशव लामा =,बेनु बोम्जन अनि पुरन पाख्रिन आदिको भूमिका पनि प्रशंसनीय थियो | अन्तमा मुख्य अतिथि रतन थापाले डी० पी० सर हुनुहुन्न तर वहाँले गरेको सत्कार्यहरु जीउदो छन् | वहाँको उच्च सोच र विचारले गर्दा वहाँको स्थान उच्च छन् |वहाँले मंग्पू र सिन्कोनाबासीको निम्ति धेरै कार्यहरु गरेर गएका छन् भने | वहांको कति अधुरो कामहरु हामी सबै मिलेर पुरा गर्नु पर्छ भन्ने जोड दिनु भयो | दिवंगत सरको सपरिवारलाइ कहिले एक्लो अनुभव नगर्ने ,परिवारको हर दुख - सुखमा संगठन अनि भात्रि संगठन सदैव साथ रहने भरोशा जनाए |
यसै कार्यक्रममा थापाले रेशेप बजार कटुवाल गोलाईदेखि रंग्बी बीच कमान विभागसम्मका सडकलाइ डी० पी० राई सडक नाम राखिएको घोषणा गर्नु भयो | अब उसो त्यस सडकका दोकान तथा माइल खुट्टीहरुमा डी० पी० राई सडक लेखिदिने अनुरोध पनि थापाले राख्दै सबैलाई धन्यबाद जनाए |
Post a Comment
We love to hear from you! What's on your mind?